‘अमेरिकामा मैले पैसा कमाउन गरेको संघर्षलाई पहाडै फोडेको भन्दिन’ -उषा पौडेल, कलाकार


प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार

अमेरिका निवासी कलाकार उषा पौडेलले आफूले भाग्यमा एकदमै विश्वास गर्ने र आफूलाई भाग्यले तानेर अमेरिका ल्याएको बताएकी छिन् । नेपालबाट बलिउडमा भाग्यले तानेर लगेजस्तै अमेरिका पनि भाग्यले नै तानेर ल्याएको उनले बताइन् । उनी बिमलेश अधिकारीसँगको युट्युब शो द बोल्ड टक वीथ बिमको अन्तिम श्रृंखलामा बोल्दै थिइन् ।

चर्चित कलाकार उषा पौडेलले लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदन लगायत ४० भन्दा धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । ८ वटा टेलिभिजन सिरिज र ३ दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी उनले बलिउडमा तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की अर एक बढी सि लभ स्टोरी लगायतमा अभिनय गरिन् । उनी झण्डै ७ बर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् ।

आफ्नो बाल्यकाल अभावमा वितेको स्मरण गर्दै उनले त्यसपछि हासिल गरेका उपलब्धीहरु र अमेरिकाको बसाईका लागि भाग्यमानी अनुभव गर्ने उनले बताइन् । उनले भनिन् – ‘मैले धेरै धनी मान्छे सडकमा आएको पनि देखेको छु । सडकमा खाना खान नपाउने मान्छे धनी भएको पनि देखेकी छु । मेरो बाल्यकाल राम्रो थिएन । धेरै अभावहरु थियो । त्यो स्थानबाट आएका कारण आफूलाई भाग्यमानी अनुभव गर्छु ।’

सधै आफ्नो वरपर भगवान भएको अनुभव गर्ने र भगवानको हात आफ्नो टाउकोमाथि भएको अनुभव गर्ने उनले बताइन् । अमेरिका आएपछि साथीहरुको साथ र सहयोग पाएकाले कहिले पनि एक्लो अनुभव नभएको उनले बताइन् । उनले भनिन् – ‘पैसा कमाउन दुख त गर्नैपर्छ । अमेरिकामा आफूले त्यसका लागि गरेको मिहिनेतलाई भयंकर पहाडै तोडेको भन्न चाहन्न ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुराकानीका क्रममा उनले बम्बईमा आफूले बलिउडमा गरेको संघर्षलाई पनि सम्झिइन् । नेपालमा स्थापित भइसकेको मान्छे बम्बईमा गएर जिरोबाट सुरु गर्दा सुरुमा निराश भएको तर पनि संघर्ष गर्न र प्रयास गर्न नछाडेको उनले बताइन् ।

कलाकार मनिषा कोइराला आफ्नो प्रेरणाको सबैभन्दा ठूलो श्रोत भएको उनले बताइन् । आफू बाल्यकालदेखि नै मनिषा कोइरालाको क्रेजी फ्यान भएको उनले बताइन् । स्कुलमा हुँदा मनिषा कोइरालाको पोष्टकार्ड आफूसँग एकदम धेरै हुने स्मरण गर्दै उनले आफूले बाल्यकालमा मनिषा कोइरालाको एकदम धेरै पोष्टकार्ड किन्ने गरेको उनले बताइन् । पत्रिकामा मनिषाको फोटो मुनी भएको ठेगानामा प्लाष्टिकको गुलावको फूल राखेर हुलाकबाट चिठी पठाउने गरेको समेत उनले स्मरण गरिन् ।

बलिउडमा अभियन गर्ने क्रममा कतिपयले आफूलाई मनिषासँग दाँज्ने गरेको र मनिषाको कोइरालाको बहिनी हो भनेर सोध्ने गरेको उनले बताइन् । छायांकनका क्रममा मनिषा कोइरालाको कोही आफन्त हौ भनेर सोध्ने गरेको उनले सम्झिइन् ।

हरेक क्षेत्रबाट पाठ सिक्न सकिने उल्लेख गर्दै उषा पौडेलले कलाकारिता क्षेत्रबाट पनि आफूले पाठ सिकेको बताइन् । कलाकारिता क्षेत्रले आफूलाई मान्छेमा अहमता हुनुहुदैन भन्ने सिकाएको र मान्छे सरल भएर हिड्नुपर्छ भन्ने सिकाएको उनले बताइन् । उनले भनिन् – ‘मैले मान्छेलाई मान्छेको व्यवहार गर्नुपर्छ भन्ने सिकें । त्यसैलाई फ्लो गर्छु ।’

आमा गुमाउदा ६ बर्षकी मात्र रहेकी उनले कुराकानीका क्रममा आफू आमाको मायाका लागि जीवनभर तड्पेको बताइन् । उनले आफ्नो सबैभन्दा ठूलो क्षति आमा गुमाउनुपरेको अवस्था भएको बताइन् । कुराकानीका क्रममा उनलाई जीवनको खराब निर्णयबारे सोधिएपनि आफूले त्यसबारे बोल्न नचाहने उनले बताइन् । तर उनले आफ्नो जीवनको सबैभन्दा ठूलो गोप्यता भने खुलासा गरिन् । अध्यारोमा सुत्न एकदम डर लाग्ने र बत्ति बालेर सुत्ने गरेको उनले बताइन् । पहिले पहिले एकदमै डर लाग्ने भएपनि अहिले बत्ति निभाएर सुत्ने प्रयास गर्ने तर सानो बत्ति भने बाल्ने गरेको उनले बताइन् ।

नेपाली चलचित्रमा महिला कालाकारमाथि हुने यौनहिंशाबारे पनि कुराकानीका क्रममा खुलासा गरिन् । आफू स्थापित भइसकेपछि नै एकजनाले फिल्ममा खेल्न अफर गरेको र आफूलाई यौनहिंशा गर्ने नियत राखेको उनले बताइन् । ती व्यक्तिले आफूलाई प्रमुख भूमिकामा खेल्ने अफर गर्दै भेट्न बोलाएपछि भेट्न गएको र फिल्ममा काम गर्ने सहमति भएको तर पछि पैसाको बारेमा कुरा गर्न बोलाएको बेला गलत नियत राखेपछि आफूले उक्त फिल्ममा काम नगरेको उनले बताइन् ।

आफूलाई भौतिक रुपमा आक्रमण नगरेको भएतापनि ती व्यक्तिको नियत स्पष्ट देखिएको र आफू अहिलेसम्म पनि ती व्यक्तिसँग नबोल्ने उनले बताइन् । आफूले दाई भनेर सम्बोधन गर्ने ती व्यक्तिका आफूजत्रै ठूला ठूला छोराछोरी भएको बताएपनि उनले नाम भने बताइनन् । ती व्यक्ति स्त्री जातीको इज्जत गर्न नजान्ने व्यक्ति भएको र पशु बराबर रहेको बताउँदै उनले ती व्यक्तिलाई ब्याँसोको संज्ञा दिइन् ।

कुराकानीका क्रममा उनले काठमाडौै र बम्बईमा भने काठमाडौं छानिन् । बम्बईलाई कर्मथलो पनि नेपाल जन्मथलो भएको र आफ्नोपन भएको उनले बताइन् । काठमाडौंमा पनि उनले आफूले बाल्यकाल विताएको ढोकाटोल मन पर्ने बताइन् । आफू नेपाल जाँदा हनुमान ढोकाको पछाडि रहेको सानो नेवार गाउँ ढोकाटोल पनि पुग्ने गरेको उनले बताइन् । उनले भनिन् – ‘मलाई ढोकाटोलप्रति आत्मीयता र सामिप्यता छ । नेपाल जाँदा ढोकाटोल जान्छु । त्यहाँ पुग्दा नोष्टाल्जिजक हुन्छु । बाल्यकालको खुबै याद आउँछ ।’

बिमलेश अधिकारीको युट्युब शो द बोल्ड टक वीथ बिमको अन्तिम भाग शुक्रबार रिलिज गरिएको छ । कार्यक्रम संचालक बिमलेश अधिकारी पनि नेपालका चर्चित कलाकार हुन् । उनले झण्डै साढे २ सय म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com