स्टारबक्सका नयाँ सीईओ लक्ष्मण नरसिंहनले महिनामा एक पटक स्टोरमा काम गर्ने


प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार

Laxman Narasimhan, Chief Executive Officer, PepsiCo Latin America, PepsiCo, USA at World Economic Forum on Latin America 2016 in Medellin, Colombia. Copyright by World Economic Forum / Benedikt von Loebell

स्टारबक्सका नयाँ सीईओ लक्ष्मण नरसिंहनले महिनामा एक पटक देशभरका स्टोरहरूमा बरिस्टाको रूपमा काम गर्ने वाचा गरेका छन्। नरसिंहनले यस हप्ता स्टारबक्सको नेतृत्व सम्हालेका थिए ।

संस्थापक हावर्ड शुल्ट्जले सीईओको रूपमा आफ्नो दोस्रो कार्यकालबाट राजीनामा दिएपछि नरसिंहनले पद सम्हालेका हुन् । नरसिंहनले कम्पनीको जिम्मा लिने तयारी गर्दा विगत छ महिनामा स्टोरहरुमा काम गरेको आफ्नो अनुभवलाई ग्राहकको अनुभव बुझ्नका लागि श्रेय दिएका छन् ।

व्यवसायका कार्यकारीहरुका लागि फ्रन्टलाइनमा गएर काम गर्नु निकै दुर्लभ हो । सन् २०१८ मा हार्वर्ड बिजनेस स्कूलको अध्ययनले पत्ता लगाएको छ कि सीईओहरूले औसतमा आफ्नो समयको ६ प्रतिशतमात्र आफ्ना फ्रन्टलाइन कर्मचारीहरूसँग बिताउँछन् । जबकि बैठकहरूमा उनीहरूको समयको ७२ प्रतिशत समय बित्छ ।

स्टारबक्सका नयाँ सीईओ भारतीय मूलका लक्ष्मण नरसिंहन हुन् । अक्टोबर १ बाट स्टारबक्सको सीइओ भएपनि उनले आधिकारिक रूपमा मार्चमा आफ्नो भूमिका सुरु गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

man wearing black sweatshirt

नरसिंहनले यसअगाडि सीईओको रूपमा सेवा गरेको रेकिट बेन्काइजर समूहले अगस्तमा उनले पद त्याग गर्ने घोषणा गरेको थियो । नरसिंहनले स्टारबक्सको लागि निर्णायक क्षणमा भूमिका लिएका छन् । कम्पनीले अमेरिकामा एक संघीकरण लहरलाई रोक्न खोजिरहेको छ भने कोरोना महामारीका कारण प्रतिबन्धहरूले कम्पनीको महत्त्वपूर्ण बजार चीनमा असर गरिरहेको छ।

५५ वर्षीय नरसिंहन जोडिएको विश्वको सबैभन्दा प्रख्यात कर्पोरेट स्टारबक्सका विश्वव्यापी रूपमा लगभग ३५ हजार स्टोर र ३ लाख ८३ हजार कर्मचारीहरू रहेका छन् । पेप्सिकोका पूर्व वरिष्ठ कार्यकारी उनले हालै लिसोल कीटाणुनाशक र ड्युरेक्स कन्डमहरू बनाउने बेलायती समूह रेकिट बेन्किजरको नेतृत्व गरेका थिए ।

भारतको पुणेमा जन्मेका नरसिंहन पेन्सिलभेनिया विश्वविद्यालयको व्हार्टन स्कूलमा पढ्न सन् १९९१ मा अमेरिका आएका थिए। त्यसपछि उनी परामर्शदाता कम्पनी म्याकिन्से एन्ड कम्पनीमा सामेल भए । सन् २०१२ मा उनी पेप्सिकोमा सरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com