उत्तर कोरियाद्वारा सुनामी फैलाउन सक्ने अन्डरवाटर ड्रोनको परीक्षण गरेको दाबी


प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार

उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने अन्डरवाटर ड्रोनको परीक्षण गरेको दाबी गरेको छ । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ ।

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएका अनुसार यस हप्ता मंगलबार दक्षिण हमग्योङ प्रान्तको समुन्द्रमा यो ‘गोप्य हतियार’ परीक्षण गरिएको हो।

रिपोर्टका अनुसार ड्रोनले ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टाभन्दा बढी समयसम्म सञ्चालन गरेको थियो, त्यसपछि पूर्वी तटमा विस्फोटमा ध्वस्त भएको थियो।

तर, विज्ञहरूले यो नयाँ हतियारको क्षमताका सम्बन्धमा उत्तर कोरियाको दाबीमा सावधानी अपनाउन सल्लाह दिइरहेका छन् । योसँगै किम जोङ उनले यो हतियार अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी भएको बताएका छन् ।

केसीएनएले ‘हेल’ नामको यो हतियारबाट शत्रुका जहाज र बन्दरगाहमा ठूलो मात्रामा रेडियोधर्मी तरंग छोड्न सकिने दाबी गरेको छ । यो अन्डरवाटर ड्रोन कुनै पनि तट र बन्दरगाह वा जहाजमा तैनाथ गर्न सकिन्छ। यदि उत्तर कोरियाको यी दावीमा सत्यता छ भने, यो ड्रोनले ठूलो विनाश निम्त्याउन सक्छ।

कोरियाली प्रायद्वीपमा यतिबेला निकै तनाव छ । यसको मुख्य कारण अमेरिका र दक्षिण कोरियाबीच पछिल्लो पाँच वर्षमा भएको सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास हो।

यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले शुक्रबार भने कि उत्तर कोरियाले आफ्नो “लापरवाह उक्साहट” को मूल्य चुकाउनु पर्ने सुनिश्चित गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com