टेक्सासमा निधन भएका स्वर्गीय कृष्ण लामिछानेको अन्तिम संस्कारमा सहभागी हुने बुबाको इच्छा


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

टेक्सासमा निधन भएका आफ्ना कृष्णप्रसाद लामिछानेका नेपालमा रहनुभएका बुबा रामप्रसाद लामिछानेले आफ्ना छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको छ । अमेरिकामा रहेका तीनवटा नेपाली संस्थालाई सम्बोधन गर्दै उहाँले आफ्ना छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको हो ।

गोरखा समाज अमेरिकाले निवेदनको आधिकारिकता पुष्टी गरेको छ ।

गोरखा समाज अमेरिका, एनआरएनए च्याटर टेक्सास, नेपाली समाज टेक्सास र अमेरिकामा रहेको नेपाली समुदायलाई सम्बोधन गर्दै उहाँले निवेदनमा बाबुको नाताले छोराको पार्थिव शरीर हेर्ने चाहना भएकाले अन्तिम संस्कारको काम केही समय स्थगित गर्न अनुरोध गर्नुभएको छ । स्वर्गीय कृष्णप्रसाद लामिछानेको अन्तिम संस्कार शनिबार विहान ११ बजेका लागि तय भएको छ ।

बुबाले आफूलाई छोराको दाहसंस्कारमा आउन मन लागेको र अन्तिमपटक छोराको मुख हेर्न चाहेको कुरा आफूहरुसँग बताएको गोरखा समाज अमेरिकाका अध्यक्ष खाम भट्टले जानकारी दिनुभयो । सोही अनुशार आफूहरुले स्वर्गीय लामिछानेको परिवारलाई अनुरोध गरेको समेत उहाँले बताउनुभयो ।

नेपाली समाज टेक्सासले सामाजिक सञ्जालमा हालेको सुचना

नेपाली समाज टेक्सासले सामाजिक सञ्जालमा हालेको सुचना अनुशार स्वर्गीय लामिछानेको अन्तिम श्रद्धाञ्जली शनिबार विहान ११ बजेदेखि १ बजेसम्म ह्यजुेस फेमिली ट्राइब्यूट सेन्टरमा हुने भएको छ । समाजले हालेको सुचनामा प्रहरीले घटनाबारे अनुसन्धान प्रारम्भिक चरणमा भएको उल्लेख गरेको तथा अपराधको कुनै संकेत नभएको बताएको इमेलको स्क्रीनशट समेत समावेश गरिएको छ ।

कभर तस्वीरमा स्वर्गीय कृष्ण लामिछाने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com