अमेरिकामा नेपाली परिवारमा घरेलु हिंशा दावी गरिएका भयानक अडियो र तस्वीर सार्वजनिक


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

अहिले सामाजिक सञ्जालमा फोन रेकर्डको एउटा अडियो क्लीप सार्वजनिक भइरहेको छ, जुन अमेरिकामा नेपाली परिवारमा घरेलु हिंशासँग सम्बन्धित भएको दावी गरिएको छ । उक्त अडियोमा भएका आवाज कसकसका हुन् भन्नेबारे खसोखासले स्वतन्त्र ढंगले पुष्टी गरिसकेको छैन । तर उक्त क्लीपलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले हालैको अमेरिकामा एउटा मृत्युको घटनासँग जोडेर हेरेका छन् ।

अडियोको सुरुमा एकजना महिला अत्यन्तै आक्रोशित मुद्रामा फोनमा बोलेको जस्तो सुनिन्छ । जसमा उनले आफ्ना श्रीमानलाई अर्की महिलासँग सम्बन्ध रहेको आरोप लगाएकी छिन् । फोनमा एकातिर ती महिलाको परिवारका तीनजना अर्कोतिर पुरुषका भाई भनिने व्यक्ति रहेको जस्तो सुनिन्छ ।

महिला सुरुमा लगातार आक्रोशित मुद्रामा बोलिरहेकी छिन् – ‘किन नबोलेको भाईको अगाडि? किन अँ अँ गरेको ? भन्दिनु पर्यो नि त भाईलाई के हो ? हो कि होइन भनेर ?’

त्यसपछि अर्कोतिर रहेका भाई भनेर सम्बोधन गरिएका व्यक्ति बोल्छन् – ‘सुन्नु न भाउजु । सधै पिटेरमात्र समस्याको समाधान त नहोला नि त फेरि ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘आमाले त मार्नुपर्ने हो त्यसो गरेपछि ।’ –  ती महिलाको छोरीजस्तो भावमा अर्की महिलाको आवाज सुनिन्छ ।

त्यसपछि ती महिला पुन जंगिन्छन्  – ‘चिरेर नुन खुर्सानी हाल्नुपर्ने हो । मेरो १८ बर्षको कमाई एक सुका छैन मसँग ।’

‘हुन्छ नुन खुर्सानी हाल्दिनु न त । चिरेर हाल्दिनु ।’ –  फोनमा अर्कोतिर रहेका पुरुष पनि अलिक आक्रोशित मुद्रामा बोल्छन् ।

‘यसलाई नुन खुर्सानी हालेर झुण्डाउनुपर्ने हो ।’ –  ती महिला बोल्छिन् ।

अर्कोतिर फोनमा रहेका पुरुष बोल्छन् – ‘ल झुण्डाइदिनुस् । घरमा झुण्डाइदिनुस् ल ।’

महिला त्यसपछि घरमा रहेका आफ्ना श्रीमानसँग झगढा गर्न थाल्छिन् – ‘यत्रो बर्ष मलाई मारिस् नि त ।’

त्यसपछि महिलाका श्रीमान जस्तो सुनिने पुरुष पीडा मिसिएको आक्रोशमा बोल्छन् – ‘किल मी । मलाई एनी टाइम एनी थोक हुनसक्छ । कसैलाई दोष न दे । मेरो …दोष हुन्छ ओके ।’

त्यसपछि दुबै महिलाले ‘कसरी भन्न सकेको’ भनिरहेका छन् ।

महिलाले ‘झुठ, अपराधी, पापी, मेरै कसम खाएर….’ भन्दै गर्दा त्यसपछि अडियोमा केही द्वन्द्व भएजस्तो सुनिन्छ ।

‘आइ एम गोइंग । मलाई कही जान पनि दिएको छैन…’ पुरुष आवाज सुनिन्छ ।

त्यसपछि त्यहाँ एकले अर्कालाई रोक्न बल प्रयोग भएको जस्तो सुनिन्छ । यत्तिकैमा फोन काटिन्छ ।

खसोखासले प्राप्त अडियोमा रहेका आवाजहरु कसकसका हुन् भन्नेबारे पुष्टी गरेको छैन भने यो अहिले कति समय अगाडिको हो भन्नेबारे पनि केही पुष्टी भएको छैन । अडियो झण्डै १ मिनेट १५ सेकेण्डको रहेको छ ।

यसैबीच खसोखासले उक्त अडियोमा बोलेको भनेर दावी गरिएका महिलाका श्रीमानको घाउचोट सहितका केही तस्वीरहरु पनि प्राप्त गरेको छ । ती तस्वीरमा शरीरका विभिन्न भागमा निलडामहरु रहेका छन् । आँखाको वरपर, पाखुरा र पिठ्यु लगायतका भागमा चोटहरु देखिएका छन् । तर ती चोटहरु कसरी लागेको हो भन्ने पनि पुष्टी भइसकेको छैन । साथै ती तस्वीरहरु कहिलेका हुन् भन्नेबारे पनि पुष्टी भएको छैन ।

घटनाबारे स्थानीय प्रहरीबाट थप जानकारी लिनका लागि खसोखासले प्रयास गरिरहेको छ ।

अमेरिकामा घरेलु हिंसा वा पतिपत्नी तथा घनिष्ठ पार्टनरहरु बीचको आक्रमण एक गम्भीर अपराध हो जुन अधिकारीहरूले धेरै गम्भीरताका साथ लिन्छन् । आक्रमणको गम्भीरता र मुद्दाको विशिष्ट परिस्थितिहरूमा निर्भर गर्दै अपराधीका लागि कानुनी नतिजाहरू जरिवाना र कैदसम्म हुन सक्छन्।

यदि श्रीमान् वा श्रीमतीलाई आफ्नो पति वा पत्नीले शारीरिक रूपमा दुर्व्यवहार गरेमा उनीहरूलाई प्रहरीमा सम्पर्क गर्ने र घटनाको रिपोर्ट गर्ने अधिकार छ। पुलिसले सामान्यतया तुरुन्तै प्रतिक्रिया दिन्छ र घटनाको अनुसन्धान गर्छ । यदि अनुसन्धानले आक्रमण भएको विश्वास गर्ने सम्भावित कारण छ भनी निर्धारण गरेमा अपराधीलाई गिरफ्तार गरी घरेलु हिंसाको आरोप लगाउन सकिन्छ।

एक पटक अपराधीलाई आरोप लागेपछि, मुद्दा फौजदारी न्याय प्रणाली मार्फत अगाडि बढ्छ। यदि अपराधी दोषी ठहर भएमा अदालतले जरिवाना, सामुदायिक सेवा, प्रोबेशन, वा कारावास सहित विभिन्न दण्डहरू लगाउन सक्छ। यसका अतिरिक्त अदालतले अपराधीलाई पीडितसँग सम्पर्क गर्न वा सम्पर्क गर्न निषेध गर्ने निषेध गर्ने आदेश पनि जारी गर्न सक्छ।

घरेलु हिंसा एक गम्भीर मुद्दा हो, र घरेलु हिंसा पीडितहरूले सकेसम्म चाँडो मद्दत र समर्थन खोज्नुपर्छ। घरेलु हिंसाका पीडितहरूलाई मद्दत गर्न हटलाइनहरू, आश्रयहरू, र वकालत समूहहरू सहित धेरै स्रोतहरू उपलब्ध छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com