राहुल गान्धीको सांसद पद खारेज


प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार

चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका थिए । यो जानकारी लोकसभा सचिवालयले जारी गरेको सूचनामा दिइएको हो । केरलाको वायनाड लोकसभा सीटका सांसद राहुल गान्धीलाई सजायको दिन अर्थात मार्च २३, २०२३ देखि अयोग्य घोषित गरिएको छ ।

सन् २०१९ को यो मामला राहुल गान्धीले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ, जसमा उनले नीरव मोदी, ललित मोदी र अन्यको नाम लिएका थिए र भनेका थिए, ‘सबै चोरको उपनाम कसरी मोदी भयो रु’

अदालतको यो निर्णयले राहुल गान्धीको लोकसभाको सदस्यतामा सङ्कट पैदा भएको थियो । यस सङ्कटको कारण जनप्रतिनिधित्व ऐन, १९५१ को प्रावधान र सर्वोच्च अदालतले दिएका पुराना फैसलाहरू थिए ।  भारतीय संविधानको अनुच्छेद १०२(१) र जन प्रतिनिधित्व अधिनियम, १०५१ अन्तर्गत गरिएको छ । यसअघि अदालतले गान्धीमाथि १५ हजार भारुको जरिवाना पनि लगायो । साथै सजायलाई ३० दिनका लागि स्थगित पनि गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com