फ्रान्समा पेन्सन पाउने उमेर बढाएको विरोधमा प्रदर्शनकारीले टाउन हलमा लगाए आगो


प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार

फ्रान्समा पेन्सनको उमेर बढाउने विरोधमा भएको प्रदर्शनका क्रममा बोर्डो टाउन हलमा आगजनी भएको थियो । फ्रान्समा लाखौं मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । राजधानी पेरिसमा भएको प्रदर्शनमा झण्डै एक लाख १९ हजार मानिस सहभागी भएको गृह मन्त्रालयले जनाएको छ ।

पेरिसमा प्रदर्शनमा उत्रिएका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ र देशभरबाट ८० जनालाई पक्राउ गरिएको छ ।

फ्रान्समा अवकाशको उमेर ६४ वर्ष पुर्‍याउने विधेयक ल्याइएको छ, जसको विरोध भइरहेको छ । बिहीबार साँझ प्रदर्शनकारीहरूले टाउन हलमा आगो लगाए, जसमा भवनको ढोका नराम्ररी जलेको थियो। सो क्रममा प्रदर्शनकारीको प्रहरीसँग झडप समेत भएको थियो ।

आगो तत्काल निभाइए पनि आगो कसले लगायो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । एक प्रदर्शनकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, “म यो सुधारको विरुद्धमा छु।” यहाँ लोकतन्त्रको कुनै अर्थ छैन । हामीसँग कुनै प्रतिनिधित्व छैन र हामी त्यसबाट दिक्क छौं।

अर्का एक प्रदर्शनकारीले एएफपी समाचार एजेन्सीलाई भने, “यस विरोधको माध्यमबाट हामी हाम्रो आवाजलाई चिनाउन चाहन्छौं किनभने अरू कुनै पनि तरिकाले यो सुधार फिर्ता लिने छैन।” आन्दोलनका कारण रेल यातायात र तेल प्रशोधन कारखानाको काम प्रभावित भएको छ भने केही व्यक्ति घाइते भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com