न्युयोर्कको स्टेटन आइल्याण्डको ढलमा पसेर हराएका ५ बालकको यसरी गरियो उद्धार


प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार

पाँच चकचके बच्चाहरुलाई न्युयोर्कको स्टेटन आइल्याण्डको ढल प्रणालीबाट उद्धार गरिएको छ । तिनीहरू ढलको सुरुङमा पसेर हराएका थिए ।

न्युयोर्क फायर डिपार्टमेन्टले मंगलबार साँझ ६ बजेतिर आपतकालीन कल प्राप्त गरेको ढलमा फसेका बालबालिकाको विषयमा बुधबार विभागका प्रमुख जोन होजेन्सले पत्रकार सम्मेलनमा बताएका छन् । सम्पादित ९११ अडियोले डिस्प्याचर र बच्चा बीचको केही कुराकानी कैद गरेको छ ।

डिस्प्याचरले ठेगाना माग्दा बच्चाको जस्तो आवाजमा थाहा नभएको बताइएको छ । तर आफूहरु ढलभित्र फसेको उनले बताएका छन् । फायर अलार्म डिस्प्याचर मार्लिन्ड हक्सियालिउले आफूहरुले केटाहरू ढल प्रणालीमा प्रवेश गरेको ठाउँ पत्ता लगाउन थप प्रश्न सोधेको बताएका छन् ।

उद्दारकर्मीहरुले बच्चाहरूको ब्याकप्याकहरू सुरुङको प्रवेशद्वारमा फेला पारेका थिए, जुन सुरुङ क्लोभ लेक्स पार्क मुनिको ढलहरूमा जान्छ। बच्चाहरू सुरुङबाट ढल प्रणालीमा पसेको अधिकारीहरुले निर्धारण गरेका थिए । उनीहरु सुरुङ भित्र एक चौथाई माइलसम्म यात्रा गरेका थिए ।

एक फायर फाइटर उद्दारका लागि डोरी र सास फेर्ने उपकरण लिएर सुरुङमा प्रवेश गरेका थिए । उद्दारकर्मीहरु कतिपय स्थानमा घस्रेर छिर्नु परेको थियो । डिस्प्याचरले एक जना बच्चालाई दिशा निर्देशन गर्न भनेका थिए । बच्चाले आफूहरु दायातिर रहेको बताएका थिए । कति हिडेर भित्र पसेको भनेर सोध्दा बच्चाहरुले आफूहरुले धेरै नै हिडेको बताएका थिए ।

फायर फाइटरहरूले बच्चाहरूलाई उनीहरूको माथिको एउटा म्यानहोल कभर खोलेर भेट्टाएका थिए । डिस्प्याचरले बच्चाहरूलाई आवाज दिन र मद्दतको लागि कल गर्न आग्रह गरेका थिए ।

बच्चाहरुलाई करिब ३० मिनेटपछि सुरक्षित स्थानमा ल्याइएको थियो। उद्धार गर्नु अघि उनीहरूले ढल प्रणाली भित्र करिब एक घण्टा बिताएका थिए । बच्चाहरुलाई चिसो, भिजेको र अँध्यारो सुरुङबाट उद्धार गर्न सफल भएपछि उद्दारकर्मीहरुले आरामको अनुभव गरेको बताए ।

बच्चाहरु करिब एक घण्टासम्म घुँडा टेकेर घस्रेका थिए । त्यहाँ अँध्यारो थियो भने तिनीहरूले एउटा सेल फोनको बत्ती बालेका थिए ।
सबै पाँच बालबालिकालाई मूल्याङ्कनका लागि रिचमण्ड मेडिकल सेन्टरमा लगिएको थियो । उद्धारका क्रममा एकजना अग्निनियन्त्रक सामान्य घाइते भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com