नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्णप्रसाद लामिछाने आफ्नै घरमा मृत फेला


प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार

नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्णप्रसाद लामिछानेको निधन भएको नेपाली समाज टेक्सासले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाली समाज टेक्सासले लामिछानेको असामान्य निधन भएको जनाएको छ ।

समाजले भनेको छ – ‘हाम्रो समाजका अग्रणी व्यक्तित्व , नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष आदरणीय कृष्णप्रसाद लामिछानेको असामान्य निधन भएकोमा हामी स्तब्ध भएका छौं । हामी समाजका सबैसँग यस अप्रत्याशित परिस्थितिमा धैर्य धारण गर्न आग्रह गर्दछौं ।’

अमेरिकामा रहेका नेपालीहरुले पनि निधनप्रति सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेका छन् । उनीहरुले घटनाबाट आफू स्तब्ध भएको बताएका छन् । निधनको कारण अहिलेसम्म आधिकारिक रुपमा पुष्टी भइसकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामिछाने टेक्सास स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हिमालयखबरले समाचार प्रकाशित गरेको छ । उनको मृत्युको समाचार लगत्तै स्थानिय नेपाली समुदाय उनको घरमा पुगेको तथा मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको समाचारमा उल्लेख गरिएको छ ।

लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए । टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ता थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com