अमेरिकामा सिन्धुली समाज, सिन्धुलीबाट अमेरिका पढ्न आएकालाई समेत सहयोग गरिने


प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार

सिन्धुली घरभई हाल अमेरिकामा बसोवास गर्दै आईरहेकाहरुको एक भेलाले ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन गरेको छ । भेलाले बन्दना कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको जानकारी दिइएको छ । नवगठित संस्थाको उपाध्यक्षमा छेवाङ लामा, चेतप्रसाद पौडेल र जगदीशचन्द्र ढकाल रहेका छन् ।

त्यस्तै, महासचिवमा अर्जुन काफ्ले, सचिवमा निलबहादुर भुजेल, ज्ञान सुनुवार, कोषाध्यक्षमा रुपेश बराल र सहकोषाध्यक्षमा प्रकाश आचार्य चयन भएका छन् । भेलाले प्रकाश आचार्य र सन्जोग आचार्यलाई संचार संयोजनको जिम्मेवारी दिएको छ ।

संस्थाको सदस्यहरुमा संजोग आचार्य, बिजया शर्मा कोइराला, डण्डबहादुर कार्की, दिनेश खतिवडा, लेखराज भण्डारी, ओमराजन मगर र यसोधा नेपाल चयन भएका छन् । संस्थाले अमेरिकामा बसोवास गर्ने सिन्धुलीवासीको संख्याको पहिचान र समस्याको सुनुवाई गर्ने उदेश्यले कष्लमजगष्किबmबवगकब.यचन नामको वेवसाईट समेत संचालनमा ल्याएको छ । एक कार्यक्रमबीच संस्थाका अध्यक्ष बन्दना कोइरालाले वेभसाईट https://www.sindhulisamajusa.org/ को औपचारिक सुरुवात भएको जानकारी दिएकी छन् ।

सिन्धुलीबाट अध्ययनका लागि अमेरिका आएका विद्यार्थीलाई समेत सहयोग चाहिएमा संस्थाले सहयोग गर्ने जानकारी दिइएको छ । संस्थाको सल्लाकारमा कुलदीप रानामगर, विष्णु कार्की, जया पाठक, मोहन थापा, रामेश्वर कोइराला र युवराज पौडेल रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com