अमेरिकामा सेल्फी खिच्ने क्रममा ३५ बर्षका मोडल जेफ थोमसको लडेर मृत्यु


प्रकाशित मिति : चैत्र ५, २०७९ आईतबार

अमेरिकामा सेल्फी खिच्ने क्रममा मोडल जेफ थोमसको लडेर मृत्यु भएको उनका एजेन्टले बताएका छन् । बुधबार फ्लोरिडाको मायामीमा अधिकारीहरूले मियामीको एउटा अपार्टमेन्ट कम्प्लेक्सको तल्लो भागमा ३५ वर्षीय मोडल थोमसको शव फेला पारेपछि उनको मृत्युबारे विभिन्न चर्चा भएका थिए ।

केही प्रत्यक्षदर्शीहरुले थोमसले जानाजानी हाम फालेको दावी गरेका थिए । तर उनका एजेन्टले भने सेल्फी खिच्दै गर्दा खसेको बताएका छन् । आफै जानी जानी हाम फालेको कुरा असम्भव भएको एजेन्टको भनाई छ ।

एजेन्ट लुली बाटिस्टाले मृत्युको केही अगाडिमात्र आफूहरुबीच रमाइलो कुराकानी भएको बताएकी छिन् । सुरु गरेको नयाँ उद्यमको बारेमा छलफल गर्न फोनमा समेत कुराकानी भएको जनाइएको छ ।

यद्यपी मार्च ११ मा थोमसको भाइ स्काइलर थोमसले शेयर गरेको फेसबुक पोस्ट विरोधाभास रहेको थियो । भाइले लत र मानसिक स्वास्थ्य चुनौतीहरूू सँग संघर्ष गरेपछि आफ्नै जीवन लिएको उनले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोस्टमार्टम सकिए पनि अधिकारीहरूले आधिकारिक रूपमा मृत्युको कारण भने खुलाएका छैनन्। मोडलिङ संसारमा एक फिक्स्चर, थोमसलाई लन्डन आधारित एजेन्सीमा हस्ताक्षर गरिएको थियो र विभिन्न रनवे शो, म्यागजिन र विज्ञापनहरूमा देखा परेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com