अमेरिकाको कनेक्टिकटमा जुलाई १५ मा नेपाल फेस्टिभल


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको उपल़क्ष्यमा अमेरिकाको कनेक्टिकट राज्यको ब्र्यानफोर्ड शहरमा आगामी जुलाई १५ मा नेपाल फेस्टिभल २०२३ गरिने भएको छ । फेस्टिभल सोसाइटी अफ नेपालिज इन अमेरिकाले आयोजना गर्ने लागेको हो । सन् १९४७ अप्रिल २५ मा काठमाडौंमा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

नेपाली कला,संस्कृति, खानपान, भेषभूषा र मौलिकताको प्रवर्धन गर्ने उद्धेश्यले हुन लागेको यो उत्सवमा सिंगो नेपालको झझल्को दिने प्रयास गरिने आयोजकले बताएका छन् । ब्र्यानफोर्डमा उल्लेख्य संख्यामा नेपालीको बसोबास छ ।

नेपालीहरूको विभिन्न भेषभूषा एवं संस्कृति झल्काउने पहिरनका साथ झाँकी एवम् परेडबाट बिहान साढे ९ बजे कार्यक्रम सुरु गरिने जनाइएको छ । परेडमा कनेटिकट राज्यसहित वरपरका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपाली संघ संस्था तथा स्थानीय समुदायहरूको समेत बाक्लो सहभागिता हुने आयोजकको अपेक्षा छ ।

महोत्सवमा कनेटिकट तथा वरपरका राज्यहरूका उच्च पदस्थ अधिकारीलाई पनि सहभागी गराउने प्रयास गरिने आयोजकले जानकारी दिएका छन् । कार्यक्रमा नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारका खानाका स्टल, बालबालिकालाई रमाउने स्टलहरू राखिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महोत्सवमा स्थानीय कलाकारका साथै नेपाली कलाकारहरूले गीत, संगीत एवं विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । नेपालीहरूको पहिचानलाई विश्व समुदायमाझ पुराउने अभियानका रूपमा नेपाल महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com