कसरी न्युयोर्क टाइम्सका पत्रकारहरु राजनीतिमा व्यक्तिगत संलग्नताबाट जोगिन्छन् ?


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

selective focus photography of people sitting on chairs while writing on notebooks

कुनै पनि संचारमाध्यमका पत्रकारहरु राजनीतिमा व्यक्तिगत संलग्नताबाट कसरी जोगिनुपर्छ भन्ने सन्दर्भमा विभिन्न संचारमाध्यमहरुले आआफ्ना नियमहरु बनाएका हुन्छन् । न्युयोर्क टाइम्सको नियम अन्य संचारमाध्यमका लागि समेत उदाहरणीय हुनसक्छ ।

न्युयोर्क टाइम्सको आचारसंहिताले राजनीतिको खेल मैदानमा पत्रकारलाई कुनै स्थान छैन नभएको बताउँछ । न्युयोर्क टाइम्सका पत्रकारहरु मतदान गर्न हकदार छन्त र तिनीहरूले आफ्नो व्यावसायिक तटस्थता वा न्युयोर्क टाइम्सको तटस्थताबारे प्रश्न उठाउन सक्ने कुनै पनि काम गर्न नहुने नियम रहेको छ ।

न्युयोर्क टाइम्सका पत्रकारहरुले कुनै पनि राजनीतिक उम्मेदवारहरूलाई इन्डोर्स गर्न पाउँदैनन् । कुनै पनि राजनीतिक उम्मेद्वार वा चुनावको कारणलाई पैसा दिन वा पैसा उठाउन पाउँदैनन् । कुनै सरकारी पद लिन पाउँदैनन् भने चुनावी अभियानका लोगोहरु समेत लगाउन पाउँदैनन् । त्यस्तै कुनै पनि सार्वजनिक कारण वा आन्दोलनको समर्थनमा मार्च वा जुलुसमा सहभागी हुन पनि पाउँदैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर आफूहरुका रिपोर्टर र सम्पादकहरू राजनीतिक कार्यक्रमहरूमा भाग नलिनुको मतलब उनीहरूले केही मुद्दाहरूमा गहिरो चासो राख्दैनन् भन्ने नभएको न्युयोर्क टाइम्सको भनाई छ । त्यसैले उनीहरूलाई उनीहरूको आफ्नै पूर्वाग्रहहरू बारे सचेत हुन आग्रह गर्ने तथा उनीहरूले कभर गर्ने विषयहरूको बारेमा विरोधी दृष्टिकोण भएका व्यक्तिहरूले कसरी सोच्न सक्छन् भनेर विचार गर्न आग्रह गर्ने न्युयोर्क टाइम्सको भनाई छ ।

निष्पक्षता र गहिराइका साथ सबै दृष्टिकोणहरू फ्रेम गर्ने र चित्रण गर्ने न्युयोर्क टाइम्सको रिपोर्टिङ दृष्टिकोणको केन्द्रबिन्दु भएको टाइम्स बताउँछ । टाइम्स भन्छ – ‘स्वतन्त्रताको लागि हाम्रो प्रतिष्ठा जनताको विश्वासमा निर्भर गर्दछ कि हामीले आफ्नो काम प्रभाव र पूर्वाग्रहबाट मुक्त गर्न सक्छौं।’

न्युयोर्क टाइम्सको सम्पादकीय बोर्डले कुनै उम्मेदबारहरुको इन्डोर्स गर्न सक्छ । तर टाइम्सको विचार खण्ड यसको न्यूजरूमबाट पूर्ण रूपमा अलग रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com