अमेरिकाको युटाहमा भएको कार दुर्घटनामा गम्भिर घाइते नविनको सहयोगका लागि आर्थिक संकलन


प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार

अमेरिकाको युटाहमा भएको कार दुर्घटनामा गम्भिर घाइते नविनको सहयोगका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । मार्च ३ शुक्रबार दिउँसो प्रहरीले पछ्याएको तीब्र गतिको एउटा कार नविनले चलाइरहेको कारसँग ठोक्किएको थियो । त्यसपछि सख्त घाइते नविनलाई उपचारका लागि अस्पतालमा लगिएको थियो ।

नविन आफ्नी पत्नी श्रद्धासँग नेपालबाट युटाहमा बसाई सरेका थिए। आगामी जुलाईमा उनीहरुको पहिलो बच्चा हुने जनाइएको छ । यो अवस्थामा भएको दुर्घटनाबाट गम्भीर घाइते नविनले आफ्नी श्रीमतीको नम्बर चिकित्सकहरूलाई दिदासम्म बेहोस भएका थिएनन् ।

गोफण्डमीमा उल्लेख गरिएको विवरण अनुशार उनको शरीरमा धेरै चोट लागेको छ भने दुवै फेमर हड्डी भाँचिएको जनाइएको थियो । जसका कारण शल्यक्रिया आवश्यक परेको थियो । उनको करङका धेरै हड्डी भाँचिएको छ भने खुट्टा पनि भाँचिएको छ । उनको एक नाडी भाँचिएको जनाइएको छ ।

शल्यक्रिया पछि उनको होश आउने अपेक्षा गरिएको थियो । तर दुर्भाग्यवश त्यस्तो भएन । उनको खुट्टाबाट बोसोको टुक्रा मस्तिष्कमा गएको चिकित्सकले जानकारी दिएका छन् । कुनै शल्यक्रिया गर्न नसकिने भएकाले चिकित्सकहरूले यसतर्फ निगरानी गरिरहेको जनाएका छन् ।

उनकी श्रीमतीका अनुशार फोक्सोमा सुधार भइरहेको छ भने स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । नविनको सहयोगका लागि गोफण्डमीमा सहयोग संकलन गरिएको छ । १५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म झण्डै १० हजार डलर संकलन भइसकेको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com