न्युयोर्कमा मार्च २६ र २७ मा ‘छक्का पन्जा-४’, यसरी लिनुहोस् अनलाइनबाटै टिकट
प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार

शनिबारदेखि अमेरिकाका विभिन्न शहरमा छक्का पन्जा ४ प्रदर्शन भइरहेको छ । मार्च २६ मा टेक्सासको वाकोमा बेलुका ५ बजे चलचित्रको प्रदर्शन हुनेछ । टेक्सासको अष्टिनमा मार्च २५ मा ६ बजे र मार्च २६ मा विहान ११ बजे प्रदर्शन हुनेछ ।
पेन्सिलभेनियाको फिलाडेल्फियामा मार्च २६ मा बेलुका ५ बजे प्रदर्शन हुनेछ । पेन्सिलभेनियाको ह्यारिसबर्गमा मार्च २६ मा बेलुका ४ बजे, मार्च २६ मा बेलुका ७ बजे र मार्च २७ मा बेलुका ५ बजे प्रदर्शन हुनेछ ।
न्युयोर्कको न्युयोर्क सिटीमा मार्च २६ को दिउसो १२ बजे, मार्च २७ मा दिउसो ४ बजे र मार्च २७ कै बेलुका ७ बजे प्रदर्शन हुनेछ । चलचित्र न्युयोर्कको अष्टोरियामा रहेको रिगल थियटरमा देखाइने छ । एभरेष्ट इन्टरटेन्मेन्टले अमेरिकामा चलचित्रको वितरण गरेको हो ।
अमेरिकाका विभिन्न शहरमा छक्का पन्जा ४ हेर्नका लागि अनलाइनबाट टिकट किन्न यहाँ क्लीक गर्नुहोला ।
नेपालका सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ ।
लगातार तेस्रो शृङ्खलासम्म निर्देशक बन्नुभएकी दीपाश्री निरौला यसपटक कलाकार मात्र हुनुहुन्छ । लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले निर्देशनको कार्यभार हेमराज बिसीलाई दिनुभएको छ । यसमा केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, राज आचार्य, शिशिर बाङ्गदेल, मलिना जोशी लगायतको अभिनय छ ।
‘तीतो सत्य’ टेलिभिजन शृङ्खलामार्फत समसामयिक विषयवस्तुलाई व्यङ्ग्य गर्ने गर्नुभएको लेखक गिरीले त्यही क्रमलाई चौथो छक्का पञ्जाको शृङ्खलामा समेत निरन्तरता दिनुभएको छ । राजनीतिक दल, कर्मचारी, सार्वजनिक संस्थामा देखिएको विकृतिलाई यसमा देखाइएको छ ।