आफ्नै कुकुर नोभाका कारण समस्यामा बेलायतका प्रधानमन्त्री (भिडियो)


प्रकाशित मिति : चैत्र १, २०७९ बुधबार

बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्ति हाइड पार्कमा आफ्नो कुकुरसँग ‘चेन’ बिना हिडेको देखेपछि पुलिसले रोकेको थियो। उनीहरूलाई पुलिसले नियमहरू सम्झाएको थियो ।
टिकटकमा सेयर गरिएको भिडियो क्लिपमा सुनक आफ्नो दुई वर्षको ‘ल्याब्राडोर रिट्रिभर’ जातको कुकुर नोभासँग ‘द सर्पेन्टाइन’ तालको किनारमा हिँडिरहेको देखिन्छ । यस क्षेत्रमा स्थानीय वन्यजन्तुलाई खलल नपरोस् भनेर कुकुरलाई ‘चेन’मा राख्नुपर्ने स्पष्ट लेखिएको छ ।

सुनक र उनको परिवार मध्य लन्डनको हाइड पार्कमा हिँड्दा नियम तोडेको भिडियो खिचिएको छ । महानगरीय प्रहरीले नियमहरू सम्झाएपछि कुकुरलाई बाँधिएको प्रहरीले जनाएको छ । उनले यस विषयमा थप कारबाही नगर्ने बताए । भिडियो कसले बनाइएको हो भन्ने खुलेको छैन ।

सुनकले माफी माग्नुहुन्छ कि भनेर सोध्दा प्रधानमन्त्री कार्यालय, डाउनिङ स्ट्रिटका प्रवक्ताले टिप्पणी गर्न अस्वीकार गरे। प्रधानमन्त्रीलाई समस्यामा पार्ने यो पहिलो घटना होइन । करिब दुई महिनाअघि गुडिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रहरीले जरिवाना गरेको थियो ।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com