अमेरिकी पासपोर्ट हुनेहरु सन् २०२४ को मध्यसम्म ‘निशुल्क विनाभिसा’ युरोप आउन पाउने


प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार

blue and white flags on pole

अमेरिकी नागरिकहरूले अब सन् २०२४ को मध्यसम्म युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु नपर्ने भएको छ । किनभने युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन दिनुपर्ने प्रणाली लागु गर्नमा ढिलाई गरेको छ ।

युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । यो यात्राका लागि स्वीकृति लिनुपर्ने अमेरिकी इलेक्ट्रोनिक प्रणाली इस्टासँग मिल्दोजुल्दो छ।

अमेरिकीहरूले युरोपियन युनियन अन्तरगतको देशको यात्रा गर्दा आगामी नोभेम्बरबाट अनलाइन आवेदन दिन थाल्नुपर्ने थियो । तर अब यो कार्यक्रम आगामी नोभेम्बरबाट लागु नहुने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यात्रा सुरक्षा प्रणालीको लागि ठेकेदारहरूले गरेको ढिलाइको कारणले गर्दा सुरुमा मे २०२३ मा लागु हुने तय भएको कार्यक्रम नोभेम्बरका लागि सारिएको थियो । तर आवागमन प्रणाली पूर्ण रूपमा सञ्चालन नगरी काम गर्न नसक्ने भएकोले नोभेम्बरमा पनि लागु नहुनेगरी स्थगित गर्नु बाहेक अर्को विकल्प नरहेको जनाइएको छ ।

यो प्रणाली कहिलेदेखि लागु हुने भन्नेबारे यकिन मिति अझै तय गरिएको छैन । आवागमन प्रणाली वर्षको अन्त्यमा लागू हुने र त्यसको पाँच वा छ महिना पछि युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम लागु हुने अनुमान गरिएको छ ।

नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालन हुने हालको अपेक्षित मिति २०२४ भएको गृह मामिला, आप्रवासन र आन्तरिक सुरक्षाका लागि युरोपियन युनियनको आयोगका प्रवक्ता अनिता हिपरको भनाई छ । नयाँ प्रणाली लागु भएपछि ६० भन्दा बढी देशका करिब १ दशमलव ४ बिलियन मानिसले भविष्यमा यात्राका लागि आवेदन दिनुपर्नेछ ।

यी देशहरुमा अमेरिका र अन्य देशहरू जस्तै युनाइटेड किंगडम, क्यानडा, न्यूजील्याण्ड, अल्बानिया, युक्रेन आदिका नागरिकहरू पनि छन्। आवेदन शुल्क ७ युरो लाग्नेछ, जुन विश्वको सबैभन्दा सस्तो यात्रा अनुमतिका लागि आवेदन हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com