पूर्वी कङ्गोमा भएको आक्रमणमा परी १९ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा रातभर भएको सशस्त्र झडपमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय स्रोतले आइतबार जनाएको छ ।

उत्तरी किवुका पूर्व गभर्नर कार्ली जान्जु कासिभिताले आइतबार बिहान पत्रकारहरूलाई बताएअनुसार उत्तरी किवु प्रान्तको बेनीको इलाकामा पर्ने किरिन्दरा गाउँमा भएको सशस्त्र झडपमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

विद्रोहीले एक स्वास्थ्य केन्द्रसहित गाउँका कैयौँ भवनमा आगजनी गरेको उहाँले बताउनुभयो । बेनी क्षेत्रका दुई गाउँमा बिहीबार एडीएफ विद्रोहीले गरेको अर्को आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो ।

एडीएफको स्थापना सन् १९९० को दशकमा युगाण्डाका विभिन्न विपक्षी आन्दोलनहरूले गरेका थिए ।

युगान्डाको सेनाद्वारा पराजित यी विद्रोहीहरू पूर्वी डीआरसीमा सक्रिय रहे, जसले गर्दा डीआरसी र युगान्डाबीच एडीएफ विद्रोहीहरूको खोजी गर्न संयुक्त कारबाही भएको थियो । उनीहरू अहिले मध्य अफ्रिकामा इस्लामिक स्टेटको सहयोगी पनि हुन् । दशकौंदेखि बेनी क्षेत्रमा सक्रिय एडीएफ विद्रोहीले सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।-फाईल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com