फ्लोरिडामा १४ वर्षका बालकसँग यौनसम्पर्कका लागि भेट्न खोज्ने ७४ बर्षका पुरुष पक्राउ


प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार

फ्लोरिडाका एक व्यक्तिलाई यौन सम्बन्धका लागि नाबालिगसँग भेट्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ।

७४ वर्षीय फ्रान्क ब्लेन रोबोथममाथि कम्प्युटर मार्फत नाबालिगलाई अश्लील सञ्चार गरेको र अपराधलाई सहज बनाउन दुईतर्फी सञ्चार उपकरणको प्रयोग गरेको अभियोग लगाइएको छ।

पेन्साकोला पुलिसको गिरफ्तारी रिपोर्ट अनुसार फेब्रुअरी २५ मा रोबोथमले एक १४ वर्षीय केटासँग भेट्ने प्रयास गरेका थिए । तर ती १४ बर्षीय केटाका रुमा च्याट गर्ने व्यक्ति एक अण्डरकभर अधिकारी थिए ।

रोबोथमले ग्राइन्डरमा बच्चा बनेर च्याट गर्ने अण्डरकभर अधिकारीलाई यौन सम्पर्कका लागि भेट्न चाहेको सन्देश पठाएको प्रहरीले बताएको छ। रोबोथमले अन्डरकभर अफिसरलाई आफ्नो नम्बर दिएपछि प्रहरी पक्राउ गर्न सक्षम भएको थियो ।

रोबोथमले पनि आफ्नो नांगा लगायतका धेरै तस्बिरहरू गुप्त अफिसरलाई पठाएको जनाइएको छ । त्यसपछि पुलिसले पहिचान गर्न सक्षम भएको थियो । रोबोथमलाई गिरफ्तार गरी एस्कम्बिया काउन्टी जेलमा लगिएको थियो । जहाँ पछि २० हजार डलर जमानतमा रिहा गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com