गम्भीर चोटपटक वा मृत्युको जोखिमका कारण यतीका २० लाख उत्पादन फिर्ता, प्रयोग नगर्न चेतावनी


प्रकाशित मिति : फाल्गुन २७, २०७९ शनिबार

चुम्बकहरू अलग हुन सक्ने तथा गम्भीर चोटपटक वा मृत्युको जोखिम हुनसक्ने भन्दै यतीले उत्पादन गरेका झण्डै १९ लाख कुलर र गियर केसहरू अमेरिकी उत्पादन नियामकले फिर्ता बोलाएको छ । उपभोक्ता उत्पादन सुरक्षा आयोगले उपभोक्ताहरूले यतीका चारवटा उत्पादनहरू प्रयोग गर्न बन्द गर्न र फिर्ता गर्न चेतावनी दिएको छ ।

फिर्ता बोलाइएका उत्पादनहरूमा क्लोजरहरू असफल हुन सक्ने र परिणामस्वरूप चुम्बकहरू अलगहुनसक्ने चेतावनी दिइएको छ । यदि निलेको खण्डमा दुई वा बढी उच्च शक्ति भएका चुम्बकहरू एकअर्का वा अर्को धातु वस्तुमा आकर्षित हुन सक्ने तथा पाचन प्रणालीमा अड्कन सक्ने चेतावनी दिइएको छ ।

यदि निलेको खण्डमा यसले आन्द्रामा समस्या ल्याउनसक्ने तथा सम्भावित रूपमा संक्रमण, रक्त विषाक्तता र मृत्यु हुन सक्ने उपभोक्ता उत्पादन सुरक्षा आयोगले जनाएको छ । फिर्ता बोलाइएका उत्पादनहरुमा साइडकिक ड्राई गियर केस, एम २० सफ्ट ब्याकप्याक कुलर र एम ३० सफ्ट कूलर रहेका छन् ।

मार्च २०१८ देखि जनवरी २०२३ सम्म डिकको स्पोर्टस गुड, एस हार्डवेयर, एकेडेमी स्पोर्ट्स एण्ड आउटडोर, यति र अमेजन लगायतका अन्य स्टोरहरूमा कुलर र गियर झोलाहरू बिक्री गरिएको थियो। गियर केस करिब ५० डलरमा र कुलरहरू ३०० र ३५० डलरको बीचमा बिक्री गरिएको थियो ।

हराइरहेको वा छुट्याइएको चुम्बकको रिपोर्ट सहित चुम्बक असफल भएको १३९९ रिपोर्टहरूपछि यो कदम चालिएको हो । कुनै चुम्बक निलेको वा चोटपटक रिपोर्ट गरिएको छैन। क्यानाडामा पनि ४० हजार भन्दा बढी यी उत्पादनहरु बेचिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com