न्युयोर्कमा गिरिजाप्रसाद कोइराला फाउन्डेशनको नारी दिवस, दिनेश सुनारको १७ औं विश्व रेकर्ड प्रयास


प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार

गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरीकाले ११३ औं अन्तर्राष्ट्रीय नारी दिवस र फाउन्डेशनको स्थापना दिवस मनाएको छ । क्विन्स डिस्ट्रीक्ट एटोर्नी माननीय मेलीन्दा काजको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युयोर्क राज्यसंसदमा प्रतिनिधित्व गर्ने सांसदहरु जेनिफर राजकुमार, स्टिभन राघा र जेसिका गोन्जालेज रोहास, काउन्सील मेम्बर जुली वन लगायतका स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थीति रहेको थियो ।

क्वीन्सको उडसाइड स्थित गुल्सन टेरेसमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने महिला र अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली सांस्कृति प्रस्तुतीहरुका साथमा चिनियाँ, भारतीय नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली र अन्य समुदायका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले जानकारी दिए ।

कार्यक्रममा गिनिजबुकमा १६ पटक विश्व रेकर्ड राख्न सफल पार्कर दिनेश सुनारले १७औं रेकर्ड प्रयास गरेका थिए । दिनेश सुनारका १३ वटा विश्व रेकर्डहरु अहिलेसम्म कसैले पनि तोड्न सकेका छैनन् । दिनेशको रेकर्ड तोड्ने यात्रा सहज नभएको तथा कुनै यातायात, पूर्वाधार वा उपयोगिता सुविधाहरू नभएको दुर्गम समुदायमा हुर्केका दिनेशले स्थानीय नदीको बालुवाको किनार प्रयोग गरी अध्यास गरेको गिनिज बुकले जनाएको छ ।

आफू ७ वर्षको हुँदा धनी र कथित उच्च जातका बासिन्दाको घरमा रहेको टेलिभिजन घरबाहिरबाटै हेर्ने गरेको तथा ब्रुस ली, ज्याकी चेन, टोनी जा र नेपाली अभिनेता निखिल उप्रेती जस्ता कलाकारहरूबाट स्टन्ट अभ्यास गर्न प्रेरित भएको अनुभव बताएका छन् ।दिनेशको सबैभन्दा ठूलो सपना उनको जीवनमा नेटफ्लिक्सले फिल्म बनाओस् भन्ने रहेको छ । उनले आफ्नो गिनिज वल्र्ड रेकर्डको उपाधिले भावी पुस्तालाई प्रेरणा दिने आशा राखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com