डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु


प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार

RSS

(221031) — GUJARAT, Oct. 31, 2022 (Xinhua) — Rescuers on boats search in the Machchhu river after a cable bridge collapsed in Morbi district of India’s western state of Gujarat, Oct. 31, 2022. Death toll in a pedestrian bridge collapse in the western Indian state of Gujarat Monday rose to 132, local media reports quoted officials as saying. (Str/Xinhua)

यमनमा भएको डुंगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।यमनको उत्तरी रेड सीमा सो डुंगा दुर्घटना भएको हो । उक्त डुँगामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुंगा   डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुंगा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए । डुंगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पु-याइएको छ ।-फाइल फोटो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com