के हो ८१४ प्रेड हन्टर? जसले अमेरिकामा गरिसक्यो नेपाली लगायत २ दर्जन बढीको शिकार


प्रकाशित मिति : फाल्गुन २३, २०७९ मंगलबार

अमेरिकामा अहिले ८१४ प्रेड हन्टर नामको समुह सकृय रहेको छ, जसले नेपाली लगायत २ दर्जन बढीको शिकार गरिसकेको छ । यो समुहले अमेरिकामा बालबालिकासँग यौनसम्पर्क गर्न चाहनेहरुलाई फन्दामा पारेको हो । जसमा न्युयोर्कका एक नेपाली समेत परेका छन् ।

झण्डै ४ महिनाको अवधिमा यो समुहले दुई दर्जन भन्दा धेरै व्यक्तिहरूलाई फन्दामा पारेको हो । यो समुह एनबीसी टेलिभिजनको क्याच अ प्रिडेटर शृङ्खलामा हेर्ने गरेको जस्तै छन्, जसले सन् २००० को मध्यदेखि सन् २००८ सम्म अमेरिकाभर बाल यौन सिकारीहरूलाई पर्दाफास गर्न गोप्य रूपमा काम गरेको थियो, जसमा केही नेपाली विद्यार्थी समेत फन्दामा परेका थिए ।

गत सेप्टेम्बरदेखि ८१४ प्रेड हन्टरहरू बाल यौन दुराचारीहरुको खोजीमा छन्, जसले गर्दा उनीहरूले तीनमहिनाको अवधिमामात्र २४ जना पुरुषहरूलाई पक्राउ गराएका छन्। ती पुरुषहरुले बालबालिका भएको थाहा पाउँदा पनि अनलाइन च्याटमा यौन कुराकानी गर्नुका साथै बालबालिकासँग यौन सम्पर्कका लागि भेट्न खोजेका थिए ।

८१४ प्रेड हन्टरका सदस्यहरुले डेटिङ एपहरूमा खाताहरु बनाउँछन् । जब कसैले जवाफ फर्काउँछ, तिनीहरू टेक्स्ट मेसेजिङमा जान्छन् । त्यहाँ उनीहरुले आफूहरु १५ वर्ष वा कम उमेरका भएको बताउँछन् । च्याट गर्ने व्यक्तिहरूले त्यसपछि कुरा गर्न बन्द गरेमा कुनै समस्या हुँदैन । अण्डरएज भन्ने थाहा पाएपछि पनि यौन कुराकानी गर्ने, तस्वीरहरु पठाउने वा भेट्ने गरेमा उनीहरु फन्दामा पर्छन् ।

handcuffs, jail, prison

जब ८१४ प्रेड हन्टर समूहले आफूसँग पर्याप्त प्रमाण छ भन्ने महसुस गर्छ जब उनीहरूले बालबालिकासँग यौन सम्पर्कको चाहना राख्नेहरुलाई भेट्न सामान्यतया सार्वजनिक स्थानमा बोलाउँछन् । त्यसपछि त्यो समूहले आफ्नो फेसबुक लाइभ क्यामेरा अन गर्छ र तिनीहरूको सामना गर्छ।

उनीहरूलाई समूहले सोधपुछ गरेपछि स्थानीय प्रहरी बोलाइन्छ र सदस्यहरूले प्रमाणहरू अधिकारीहरूलाई बुझाउँछन् । ८१४ प्रेड हन्टरजस्ता समूहहरू अमेरिकामा देशभर सुरु भएका छन्, जसले बालबालिकाहरुको शिकार गर्नेहरुलाई फान्दामा पार्छन् । अहिले अमेरिकाभर १६० भन्दा धेरै त्यस्ता समुहहरु छन् ।

डुबोइसका रायन स्प्रेगलाई ८१४ प्रेड हन्टर्सद्वारा फेब्रुअरी १ मा पक्राउपछि बाल यौन दुराचारसम्बन्धि सात आपराधिक गणनाहरूको आरोप लगाइएको छ। १ लाख डलरको जमानत तिर्न असमर्थ भएपछि उनलाई क्लियरफिल्ड काउन्टी जेलमा राखिएको छ ।

त्यस्तै माउन्ट युनियनका किथ वेल्च गत अक्टोबर १० मा ८१४ प्रेड हन्टर्सको फन्दामा परेका थिए । उनीमाथि तीन आपराधिक गणनाको आरोप लगाइएको छ । अदालतको अभिलेख अनुसार उनले ७५ हजार डलर जमानत तिर्न सक्षम नभएसम्म क्लियरफिल्ड काउन्टी जेलमा राखिएको थियो ।

न्युयोर्कवासी नेपाली श्याम गौलीलाई जनवरी ४ मा ८१४ प्रेड हन्टर्सको फन्दामा परेपछि साढे २ लाख जमानत तोकेर हिराशतमा राखिएको थियो । उनी १५ वर्षीया केटीलाई भेट्न रेल र बस चढेर गएका थिए । अदालतको रेकर्ड अनुसार उनले दुई आपराधिक आरोपहरू सामना गरिरहेका छन्।

कभर तस्वीरमा न्युयोर्कका नेपालीलाई पक्राउ गर्दै प्रहरी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com