अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने द्विपक्षीय बिलमा ह्वाइट हाउसको समर्थन


प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार

white concrete building under cloudy sky during daytime

फोटो: ह्यारोल्ड मेन्डोजा

ह्वाइट हाउसले टिकटकमाथि प्रतिबन्ध लगाउने द्विपक्षीय बिल रेष्ट्रिक्ट ऐनलाई समर्थन गरेको छ । अमेरिकीहरूको सुरक्षा र सुरक्षामा टेक्नोलोजीमा आधारित खतराहरू सम्बोधन गर्नको लागि एक व्यवस्थित ढाँचा भनिएको यो बिलमाथि ह्वाइटहाउसको समर्थनले अमेरिकामा टिकटकमाथिको प्रतिबन्ध नजिक पुगेको छ ।

सिनेटरहरूको एक द्विदलीय समूहले मंगलबार यो बिल सार्वजनिक गरेको हो । यो बिल पारित भएमा अमेरिकामा टिकटक लगायत विदेशी उत्पादित टेक्नोलोजीलाई नियमन गर्न र प्रतिबन्ध लगाउन अनुमति दिनेछ।

सुरक्षा खतराहरूको उदयलाई प्रतिबन्धित गर्ने यो बिलले वाणिज्य मन्त्रीलाई अमेरिकासँग विरोधी सम्बन्ध भएका छवटा देशहरूद्वारा उत्पादित प्रविधिलाई नियमन गर्न व्यापक शक्ति दिनेछ । यी ६ देशहरुमा चीन, क्युबा, इरान, उत्तर कोरिया, रूस र भेनेजुएला रहेका छन् ।

black iphone 4 on black textile

ह्वाइट हाउसले बिललाई समर्थन गर्दै यो बिललाई अमेरिकीहरूको सुरक्षा र टेक्नोलोजीमा आधारित सुरक्षा खतराहरू सम्बोधन गर्नको लागि एक व्यवस्थित रूपरेखा भनेको छ ।

बिलमा टिकटकको नाम उल्लेख छैन । तर यसलाई बारम्बार पेश गर्ने सिनेटरहरूले अमेरिका र विश्वभरि लोकप्रिय चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको सामाजिक भिडियो एप टिकटकले यसको प्रयोगकर्ताहरूको बारेमा बेइजिङलाई जानकारी दिने विषयमा डर व्यक्त गर्दै आएका छन् ।

टिकटक अमेरिकाको लागि राष्ट्रिय सुरक्षा खतरा रहेको व्यापक रूपमा स्वीकार गरिएको सिनेटर जोन थुनले एक पत्रकार सम्मेलनमा बताएका छन् । रिपब्लिकन नेतृत्वका सदस्य र वाणिज्य समितिका वरिष्ठ सदस्य थुन र सिनेट इन्टेलिजेन्स कमिटीका अध्यक्ष मार्क वार्नर बिलका स्पोन्सर हुन् । प्रत्येक पार्टीबाट ५ जनाका दरले बिलका १० को स्पोन्सर छन् ।

टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरले बाइडेन प्रशासनसँग पहिले नै अमेरिकामा विदेशी लगानी समिति मार्फत एपको निरीक्षण गर्ने अधिकार रहेको र अहिले गर्न खोजिएको प्रतिबन्ध अमेरिकी हितका लागि प्रतिकूल हुने बताएका छन् । टिकटकमा अमेरिकी प्रतिबन्ध भनेको विश्वभर टिकटकको सेवा प्रयोग गर्ने अरब भन्दा बढी मानिसहरूलाई अमेरिकी संस्कृति र मूल्यहरूको निर्यातमा प्रतिबन्ध रहेको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिबन्ध कसरी लागू हुन्छ भन्ने विधेयकले स्पष्ट रूपमा बताउँदैन। तर यो बिलले अमेरिकालाई हानि गर्ने प्रविधिमाथि न्यूनीकरण गर्न, हटाउन, प्रतिबन्ध लगाउन वाणिज्य मन्त्रीलाई अधिकार दिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com