लैंगिक समानताका लागि काम गर : राष्ट्रसंघ


प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार

(230128) — UNITED NATIONS, Jan. 28, 2023 (Xinhua) — UN Secretary-General Antonio Guterres delivers remarks at a UN ceremony to mark the Holocaust at the UN headquarters in New York, Jan. 27, 2023. Guterres on Friday urged the establishment of “guardrails” to prevent hate speech, extremism and misinformation. At the UN ceremony, the top UN official warned that antisemitism, hate speech, and misinformation are ever-present, 90 years after the rise of the Nazi Party in Germany. (Manuel Elías/UN Photo/Handout via Xinhua)

राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसले महिला समानताका लागि काम गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले पनि लैंगिक विभेद रहेको र महिला र पुरुषबीचको समानताका बीचमा खाडल (ग्याप) रहेकाले यसलाई समान गराउने क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले अहिले महिला र पुरुषका बीचमा देखिएको खाडललाई कम गर्नका लागि विज्ञान र प्रविधिका क्षेत्रमा उनीहरुलाई पनि सहभागी गराएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।अहिले पनि महिलाको पहुँच विज्ञान र प्रविधिका क्षेत्रमा कम देखिएकोले यस क्षेत्रमा उनीहरुको पनि समान पहुँच कायम गर्न सकेमा यसले लैंगिक समानता कायम गर्न सहयोग पुग्नेछ उहाँले भन्नुभएको छ ।

विश्वमा महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय एक आयोगको सत्रलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।यही मार्च ८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उहाँले यी धारणा राख्नुभएको हो ।यसवर्षको सो दिवस महिलालाई पनि विज्ञान र प्रविधिका क्षेत्रमा समान पहुँच दिनुपर्ने अवधारणाका साथ मनाइँदैछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com