निर्वाचनमा चिनियाँ हस्तक्षेपबारे स्वतन्त्र छानबिन गर्छौंः क्यानडाका प्रधानमन्त्री ट्रुडो


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालैको निर्वाचनमा भएको भनिएको चिनियाँ हस्तक्षेपको स्वतन्त्र छानबिन गरिने बताएका छन् । बीबीसीका अनुसार यसका लागि नियुक्त अनुसन्धाताहरूले सन् २०१९ र २०२१ को आम निर्वाचनसँग सम्बन्धित गोप्य प्रतिवेदनहरूको समीक्षा गरी आगामी निर्वाचनका लागि सुझाव दिनेछन् ।

क्यानडाका विपक्षी दलहरूले यस विषयमा सार्वजनिक छानबिनको माग गरिरहेका थिए। यद्यपि, चीनले चुनावमा कुनै पनि हस्तक्षेपको खण्डन गरेको छ र यी दाबीहरूलाई पूर्णतया निराधार र अपमानजनक भनेको छ।

सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रुडोले भने, ‘क्यानडाको सार्वभौमसत्तालाई चुनौती दिने यस्ता रिपोर्टहरू स्तब्ध बनाउने प्रकृतिका छन् र यो क्यानाडालीका रूपमा हामीमाथिको आक्रमण हो ।’ लामो समयदेखि चुनावमा हस्तक्षेप गर्ने चीन, इरान र रुसले गरेको प्रयास बारे क्यानडा सचेत रहेको र यो कुनै नयाँ समस्या नभएको ट्रुडोले बताए ।

उनले भने, ‘म एक विशेष स्वतन्त्र अनुसन्धानकर्ता नियुक्त गर्न लागेको छु जसलाई बहुसंख्यक जनताको समर्थन हुनेछ र उसले हस्तक्षेपलाई सम्बोधन गर्न र लोकतन्त्रलाई सुदृढ गर्न सुझाव दिनेछ । अनुसन्धानकर्ता नियुक्त भइनसके पनि यो काम छिट्टै हुने उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com