चीनको दाबी, ‛ऋण दिएर गरिब देशलाई गुलाम बनाउँदैनौं´


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

चीनले आफ्नो ऋण कूटनीति जालमा कुनै पनि देशलाई फसाउन नखोजेको दाबी गरेको छ । चीनले ऋण दिएर गरिब देशलाई गुलाम बनाउन खोजेको आरोपको   खण्डन गर्दै चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत विश्वलाई सहयोग गरेको बताएको छ ।  यसबाट अफ्रिकी देशले सबैभन्दा बढी फाइदा उठाएका छन् । तर, चीनले प्रायः यी देशहरूलाई ऋणको जालमा फसाएको आरोप लगाइएको छ। चिनियाँ ऋणका कारण दक्षिण एसियाका दुई देश पाकिस्तान र श्रीलंका कंगाल बन्दै गएको आरोप चिनलाई लागेको छ ।

१४ औं राष्ट्रिय जन कांग्रेस (एनपीसी)को पहिलो सत्रका प्रवक्ता वाङ चाओले ऋणको जाल कूटनीतिको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । विश्व बैंक (WB) को एक प्रतिवेदनबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै उनले अफ्रिकी देशहरूको करिब तीन चौथाइ बाह्य ऋण वास्तवमा बहुपक्षीय संस्थाहरू र व्यावसायिक ऋणदाताहरूको ऋणी रहेको बताए। उनले भने, ‘चीनले अफ्रिकाको ऋणको बोझ कम गर्न काम गरिरहेको छ।  चीनले कहिल्यै पनि कुनै राजनीतिक स्ट्रिङ तान्दैन र स्वार्थी राजनीतिक लाभ खोज्दैन ।’

बेल्ट एन्ड रोड इनिसिएटिभले आफ्नो १०औं वार्षिकोत्सव मनाउने क्रममा चीनले उपलब्धि, अनुभव, भविष्यको योजना र बेल्ट एन्ड रोड सहकार्यमा नयाँ प्रगतिको समीक्षा गर्न सबै साझेदारहरूसँग मिलेर काम गर्न तयार रहेको वाङले बताए। गरिब देशहरूलाई महँगो पूर्वाधार निर्माण गर्न ऋण दिएकोमा बेइजिङले आलोचनाको सामना गर्नु परको छ । ऋण कूटनीति जाललाई चीनले भने अस्वीकार गरेको छ।

ऋण दिएर चीनले कुनै न कुनै हिसाबले ती दिशको सम्पत्ति नियन्त्रण गरिरहेको छ । तर, चीनले यो पश्चिमा अवधारणा भएको भएको दाबी गरेको छ, जो चीन विरोधी गतिविधि गर्दछ। तर, अफ्रिकी देशहरूमा चीनको बढ्दो उपस्थिति र सैन्य अखडाहरू निर्माण गर्ने योजनाले चीनको दाबीलाई पत्याउन गाह्रो छ । चीनले अफ्रिकाका कम्तिमा १३ देशमा आफ्नो सैन्य अखडा बनाउने योजना बनाएको दाबी गर्दै हालै एउटा रिपोर्ट प्रकाशित भएको छ । यसमा चीनबाट ठूलो ऋण लिएका देशहरू समावेश छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com