अमेरिकन एयरलाइन्समा रक्सीले मातेर यात्रुमाथि पर्नेगरी सिटमा पिसाब गर्ने आर्य बोहरा को हुन् ?


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

man walking down the aisle of airplane

मार्च ४ मा न्यूयोर्कबाट नयाँ दिल्लीका लागि उडेको अमेरिकी एयरलाइन्सको विमानमा सवार एक जना युवकले रक्सीले मातेर यात्रुमाथि पिसाब गरेका छन् । ती व्यक्ति २१ बर्षका विद्यार्थी आर्य बोहरा रहेको जनाइएको छ । उनले मादक पदार्थ सेवन गरेर सुतिरहेको अवस्थामा पिसाव गरेको जनाइएको छ ।

न्युयोर्कबाट नयाँ दिल्ली गएको एयर इन्डियाको उडानमा यस्तै घटना भएको केही महिनापछि अमेरिकन एयरलाइन्समा यो घठना भएको हो । एयर इन्डियाको उडानमा पनि एक रक्सीले मातेका व्यक्तिले एक वृद्ध महिलामाथि विमानभित्र पिसाब गरेका थिए ।

अमेरिकन एयरलाइन्सले जारी गरेको आधिकारिक विज्ञप्तिमा शनिबार जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलदेखि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडानमा उक्त घटना भएको जनाइएको छ । विमान राती ९ बजेर ५० मिनेटमा दिल्लीमा सकुशल अवतरण भएपछि पिसाव गर्ने बोहरालाई पक्राउ गरिएको थियो ।

ती व्यक्तिलाई विमान नयाँ दिल्लीमा अवतरण गरेपछि पक्राउ गरी दिल्ली प्रहरीको जिम्मा लगाइएको प्रशासनले जनाएको छ।

अमेरिकन एयरलाइन्समा पिसाब गर्ने अभियुक्त आर्य वोहरा अमेरिकाको एक विश्वविद्यालयमा अध्ययनरत २१ वर्षीय भारतीय विद्यार्थी हुन्। अधिकारीहरूको आधिकारिक बयान अनुसार आर्य वोहरा दिल्लीको डिफेन्स कालोनीका स्थायी बासिन्दा हुन्।

आर्य वोहराले न्युयोर्क–दिल्ली उडानमा रक्सी पिएर सुतिरहेको अवस्थामा आफू र आफ्ना सहयात्रीमाथि पिसाब फेरेका थिए । उनी उठेर गडबडीको लागि माफी मागेका थिए । पीडित व्यक्तिले बोहोराविरुद्ध उजुरी दर्ता गर्न नखोजेको बताएका छन् ।

अमेरिकी एयरलाइन्सका चालक दलले घटनाबारे थाहा पाएपछि विमानका पाइलटलाई घटनाबारे जानकारी गराएका थिए जसले घटनाबारे दिल्लीको एयरपोर्टमा रहेको एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएका थिए। विमान अवतरण गर्दा वोहरालाई सीआरपीएफ र दिल्ली पुलिसले हिरासतमा लिएका थिए।

दिल्ली पुलिसले आफ्नो विज्ञप्तिमा अमेरिकी एयरलाइन्सका यात्रुमाथि पिसाब फेरेको उजुरी प्राप्त गरेको र आवश्यक कानुनी कारबाही गरिरहेको बताएका छन् । घटनाको अनुसन्धानका क्रममा अमेरिकन एयरलाइन्ससँग सम्पर्कमा रहेको प्रहरीले बताएको छ । पीडित यात्रुले आफ्नो नाम सार्वजनिक गर्न र उजुरी दर्ता गर्न नचाहेको प्रहरीको भनाई छ ।

अमेरिकन एयरलाइन्सले भने बोहरालाई अब उक्त उडानमा यात्रा गर्नका लागि प्रतिबन्ध लगाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com