पाकिस्तानमा प्रहरीमाथि आत्मघाती आक्रमण : ९ जनाको मृत्यु , १० घाइते


प्रकाशित मिति : फाल्गुन २२, २०७९ सोमबार

पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिममा भएको आत्मघाती आक्रमणमा ९ जना प्रहरीको मृत्यु भएको त्यहाँका अधिकारीहरुले पुष्टि गरेकोअन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन ।

घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो । मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। क्याम्ब्री ब्रिजमा एक मोटरसाइकलले बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई ठक्कर दिएको अधिकारीहरूले बताएका छन्।

यस घटनामा थप १० जना घाइते भएका छन् । पाकिस्तानमा सुरक्षा बललाई निशाना बनाएर धेरै आक्रमण भएका छन् । यस क्षेत्रमा लामो समयदेखि पृथकतावादीहरू सरकारविरुद्ध लडिरहेका छन्। तर पछिल्लो आक्रमणको जिम्मेवारी कसले लियो भन्ने स्पष्ट भएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com