अमेरिका आएका ४१ विद्यार्थीको पासपोर्ट होटलले च्यातेपछि समस्या


प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार

person holding black and yellow book

अमेरिकाको न्यु ह्याम्पशायर घुम्न आएका ४२ जना बेलायती विद्यार्थीहरूमध्ये ४१ जनाको पासपोर्ट होटलले च्यातेपछि समस्या भएको छ । फर्कने बेलामा उनीहरुको पासपोर्ट च्यातेको थाहा भएपछि उक्त विद्यार्थीको समूह अमेरिकामा फसेको थियो।

उनीहरु बसेको होटलले ४१ वटा राहदानी च्यातेको विद्यार्थीका प्रिन्सिपलले बताएका छन् । विद्यार्थीको समुह न्यु ह्याम्पशायरको लिंकनमा स्की यात्रामा आएका थिए ।

विद्यार्थीहरू गत शनिबार बेलायत फर्किने योजना थियो तर कान्कामागस लजका कर्मचारीले ४२ वटा राहदानीमध्ये ४१ वटा नष्ट गरेको वाल्सलस्थित बार बिकन विद्यालयका विद्यार्थी प्रिन्सिपल केटी हिब्सले बताइन् । होटललाई सुरक्षित राख्न दिइएका राहदानीहरू नष्ट गरेको कारण सबै प्रभावितहरूलाई आपतकालीन ट्राभल डकुमेन्टका लागि आवेदन दिनु परेको थियो ।

पासपोर्ट च्यातिनेमा ८ देखि १० वर्षका विद्यार्थीहरू र १३ देखि १५ वर्षका विद्यार्थीहरू रहेको जनाइएको छ । तिनीहरूको राहदानी किन होटललाई राख्न दिइएको थियो वा किन नष्ट गरियो भन्ने प्रष्ट छैन ।

विद्यार्थीको समूहले न्युयोर्कको ब्रिटिश वाणिज्य दूतावासमा आपतकालीन ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपरेको थियो । शनिबार फर्कने तालिका भएपनि बुधबारसम्म बस्नुपर्ने भएपछि आफ्नो अतिरिक्त दिनहरूमा विद्यार्थीहरु न्युयोर्कको वरिपरि घुम्न गएका थिए।

तर बेलायतमा विद्यार्थीका अभिभावकहरू यो खबर सुनेपछि छक्क परेका थिए । नयाँ राहदानी प्राप्त गर्न हप्तौं कुनुपर्ने भन्दै अभिभावकहरुले होटल वा विद्यालयलाई प्रतिस्थापनको लागि तिर्न आग्रह गरेका छन् । विद्यार्थीहरू अन्ततः ट्राभल डकुमेन्ट बनाएर बुधबार युके पुगेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com