फ्लोरिडा जाँदै गरेको विमानमा ब्याट्रीमा आगोलाग्दा १० जना अस्पताल भर्ना


प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार

फ्लोरिडाको ओर्ल्यान्डो जाँदै गरेको स्पिरिट एयरलाइन्सको उडानले आगलागीका बाबजुत बुधबार दिउँसो फ्लोरिडाको ज्याक्सनभिल अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले जनाएको छ।

ज्याक्सनभिल फायर एण्ड रेस्क्यू डिपार्टमेन्ट क्याप्टेन एरिक प्रोस्विमरका अनुशार उडानमा चालक दलका सदस्यहरू र सेवानिवृत्त फायर फाइटरले आगो निभाउन सहयोग गरेका थिए ।

उद्धार कार्यकर्ताहरूले चालक दलका सदस्यहरु र यात्रुहरूसहित १० जना व्यक्तिहरूलाई अस्पताल लगेका छन् । उनीहरुको ज्यान जोखिममा भने नरहेको जनाइएको छ । सुरुमा एक जना यात्रुलाई मात्रै अस्पताल लैजाने मूल्यांकन गरिएतापनि पछि अरुलाई पनि अस्पताल लगिएको थियो ।

एफएएले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। स्पिरिट एयरलाइन्सको उडान २५९ डलास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । विमान ३ बजेर ५३ मिनेटमा ज्याक्सनभिलमा अवतरण गरेको थियो ।

एक यात्रुले पोस्ट गरेका भिडियो र तस्बिरहरूमा मानिसहरू धुवाँका कारण केबिनमा ओभरहेड बिन वरिपरि झुम्मिएको देखाउँछन्।

गत महिना एक युनाइटेड उडानमा यात्रुको ल्यापटप ब्याट्री प्याक प्रज्वलित हुँदा स्यान डिएगो अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको एक घण्टा भन्दा कम समय पछि विमान फर्केको थियो । त्यस अवस्थामा चार उडान परिचरलाई अस्पताल लगिएको थियो र दुई यात्रुलाई घटनास्थलमा जाँच गरिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com