चीनले अमेरिकालाई भन्यो, ‛ताइवानसँग हतियार कारोबार बन्द गर’


प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार

(230228) — BEIJING, Feb. 28, 2023 (Xinhua) — Xi Jinping, general secretary of the Communist Party of China (CPC) Central Committee, makes an important speech at the second plenary session of the 20th CPC Central Committee in Beijing, capital of China. The plenary session was held from Feb. 26 to 28, 2023. (Xinhua/Ju Peng)

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको छ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताउनु भएको छ ।

“यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउँछ र चीन-अमेरिका सम्बन्धका साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई नोक्सान पुर्याभउँछ,” माओले चीनले यस्ता कार्यको दृढतापूर्वक विरोध गरेको उल्लेख गर्दै बताउनु भएको छ । “हामी संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको मर्मलाई पालना गर्न, ताइवानसँग हतियार बिक्री र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्दछ” उहाँले भन्नु भयो । साथै प्रवक्ताले यस्ता गतिविधिले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने पनि बताउनु भएको छ ।

ताइवान चीनको अविभाज्य अङ्ग हो भन्ने कुरामा जोड दिँदै प्रवक्ता माओले “ताइवान स्वतन्त्रता” तर्फ प्रजातान्त्रिक प्रगतिशील पार्टीका अधिकारीहरूको पृथकतावादी गतिविधि र चीनलाई नियन्त्रणमा राख्न ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास ताइवान स्ट्रेटमा तनावको मूल कारण भएको” पनि बताउनु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com