अमेरिकाको डूम्सडे प्लेनः विमानले विश्वमा आणविक प्रलय ल्याउन सक्ने, युरोप र रुस तनावमा


प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार

रुस र युक्रेनबीचको युद्ध चर्को बन्दै गएको र यो विश्वयुद्धमा परिणत हुनसक्ने डर धेरै विश्लेषकले गरेका छन् । रुसले लगातार आणविक हतियारको धम्की दिइरहेको छ भने अमेरिकाले पनि युरोपमा सुपर विनाशकारी आणविक बम तैनाथ गरेर आफ्नो मनसाय प्रष्ट पारेको छ । यसैबीच, अब अमेरिकामा ठूलो विनाश ल्याउने गोप्य विमान ई–६बी Mercury युरोपमा देखिएको छ। यो अत्याधुनिक विमानको सहयोगमा अमेरिकाले विश्वको जुनसुकै ठाउँमा परमाणु हमलाको आदेश दिन सक्छ । यो विमान देखेपछि रुसको तनाव बढेको छ ।

अमेरिका र रुस विश्वमा यस्तो ‘डूम्सडे प्लेन’ भएका देश मात्र हुन् । यो एक प्रकारको एयरबोर्न कमाण्ड पोस्ट हो जसलाई परमाणु हमलाका लागि प्रयोग गर्न सकिने गरी बनाइएको छ र यदि दुश्मनले परमाणु हमला गर्छ भने यो विमान सजिलै त्यसबाट उम्कन सक्छ। यो प्रकोप ल्याउने विमान शीतयुद्धको समयमा निर्माण गरिएको थियो। रुस र युक्रेनबीचको युद्धलाई ध्यानमा राख्दै यी विमानको महत्व झनै बढेको छ ।

अमेरिकासँग ५४२८ आणविक बम : 
युरोपमा अमेरिकी सैन्य कारबाहीका लागि जिम्मेवार रहेको जर्मनीमा अमेरिकी युरोपेली कमाण्डले युरोपेली देश आइसल्याण्डमा ई–६बी मर्करी विमान अवतरण गरेको तस्विर पोस्ट गरेको छ। ई–६बी मर्करी प्लेन कमाण्ड पोस्ट र कम्युनिकेसन प्लेन हो। अमेरिकी सेनाको यो कमाण्डले रुस र टर्कीसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा र अन्य कार्यहरू गर्छ। अमेरिकी सेनाले ट्वीट गर्दै उक्त विमान युरोपेली कमाण्ड एरियामा सञ्चालनका क्रममा आइसल्याण्डमा अवतरण गरेको जनाएको छ ।

रुसी समाचार वेबसाइट स्पुतनिकका अनुसार आइसल्याण्डका लागि अमेरिकी राजदूत र अपरिचित सेना र कूटनीतिज्ञहरूले विमानका चालक दललाई भेटेका छन्। अमेरिकाले कुनै पनि ठाउँमा आणविक हमला गर्नु परेमा यो गोप्य विमानलाई सन्देश पठाउने बताइएको छ । यसपछि यो विमानले अमेरिकाको परमाणु सेनालाई सन्देश पठाउनेछ । यो विमानले आणविक आक्रमण गर्न मिसाइलले सुसज्जित पनडुब्बीहरूलाई सन्देश पठाउन सक्छ। त्यसैगरी ई–६बी मर्करी प्लेनबाट अमेरिकाको जमिनमा बनेको मिसाइल साइलोमा पनि शत्रुमाथि मिनेटम्यान न्यूक्लियर मिसाइल प्रहार गर्ने  सकिन्छ । अमेरिकासँग ५४०० भन्दा बढी परमाणु बम छन् भने रुससँग ५९०० भन्दा बढी एटम बम छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com