आज राति आकाशमा बृहस्पति र शुक्रको चुम्बन, संयोजन बिहिबार रातीसम्म


प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार

बुधवार राती आकाशमा बृहस्पति र शुक्रग्रह एकसाथ धेरै नजिक देखिएका छन् । दुई ग्रहहरू एकअर्काको नजिकबाट गएको यो घटनालाई संयोजनको रूपमा चिनिन्छ।

बृहस्पति ग्रह पश्चिमतर्फ सरेको छ, जबकि चम्किलो शुक्र अर्को दिशामा बिस्तारै सरेको नासाले बताएको छ । ग्रहहरू बीचको यस्तो संयोजन बारम्बार हुनेगर्छ । किनभने आकाशीय पिण्डहरू सूर्यको वरिपरि एक अर्काको रूपमा लगभग एउटै अक्षमा परिक्रमा गर्छन् र हाम्रो आकाशमा समान मार्गहरू ट्रेस गर्छन्।

अमेरिकाको पूर्वी तटमा साँझको गोधूलि समाप्त हुँदा दुई ग्रहहरू बेलुका ६ बजेर ५८ मिेनटमा क्षितिज माथि पश्चिमी आकाशमा देखा परेका नासाले बताएको छ। उनीहरु झण्डै पूर्णचन्द्रको व्यासमा आधार डिग्रीको फरकमा मात्र थिए ।

अमेरिकामा बृहस्पति र शुक्रको संयोग हेर्नका लागि उत्तम समय बुधबार साँझ थियो । तर दुई ग्रहहरू बिहीबार रातीसम्म आकाशमा सँगै देखिनेछन्उ । यो संयोजन नाङ्गो आँखाले पनि देख्न सकिन्छ ।

संयोजनहरूको कुनै विशेष खगोलीय महत्त्व छैन, तर तिनीहरू हेर्नको लागि एक आकर्षक दृश्य हुन्। इटालीको बेलाट्रिक्स एस्ट्रोनोमिकल अब्जर्भेटरीका खगोलविद् र भर्चुअल टेलिस्कोप प्रोजेक्टका प्रमुख जियानलुका मासीका अनुसार चन्द्रमापछि बृहस्पति र शुक्र हाल आकाशमा सबैभन्दा चम्किलो वस्तुहरू हुन्। उनले शुक्र र बृहस्पति बीचको चुम्बन हेर्नको लागि लाइभ फिडको आयोजना गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com