दैनिक ११ मिनेट व्यायामले मुटुरोग र क्यान्सरको जोखिम कम गर्ने बृहत अध्ययनको निष्कर्ष


प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार

exercising woman on mat

दिनमा ११ मिनेट मात्र हिड्नु वा हप्तामा ७५ मिनेट वा मध्यम स्तरको शारीरिक गतिविधिले मुटु रोग र क्यान्सरलगायत धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ। युनिभर्सिटी अफ क्याम्ब्रिजको नेतृत्वमा गरिएको नयाँ अनुसन्धानमा यो कुरा भनिएको हो । ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा मंगलबार प्रकाशित एक अध्ययनमा, अन्वेषकहरूले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा  द्वारा सिफारिस गरिएको शारीरिक गतिविधिको आधा मात्रा गरेमा १० मध्ये एकले प्रारम्भिक मृत्युलाई रोक्न सकिने निष्कर्ष निकालेका छन्।

मध्यम शारीरिक गतिविधिले हृदय रोग र क्यान्सरको जोखिम कम गर्छ, र राष्ट्रिय स्वास्थ्य सेवा वयस्कहरूलाई हप्तामा ७५ मिनेट मध्यम शारीरिक गतिविधि गर्न सिफारिस गर्दछ। क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल  इपिडिमियोलोजी युनिटका डाक्टर सोरेन ब्रजले भने: “केही नगर्नुभन्दा केही शारीरिक गतिविधिमा भाग लिनु राम्रो हो। यदि तपाइँ एक हप्तामा ७५ मिनेट शारीरिक गतिविधि गर्न सक्नुहुन्छ जस्तो लाग्छ भने, त्यसपछि बिस्तारै तपाइँले सिफारिस गरिएको स्तरमा गतिविधि बढाउनुपर्छ।

विश्वमा सबैभन्दा बढी मृत्यु मुटुसम्बन्धी रोगका कारण हुने गरेको छ । सन् २०१९ मा मुटु रोगका कारण १.७९ करोड मानिसको मृत्यु भएको थियो भने सन् २०१७ मा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको थियो । अध्ययनका अनुसार हप्तामा ७५ मिनेटको शारीरिक गतिविधिले हृदयाघातको जोखिम १७ प्रतिशत र क्यान्सरको जोखिम ७ प्रतिशतले कम गर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com