युक्रेन युद्धमा पुटिनलाई ठूलो झटका, बेलारुस भित्र रुसको ‘आकाश आँखा’मानिने विमान ध्वस्त


प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार

युक्रेन युद्धमा रहेको जेलेन्स्कीको सेनाका लागि ठूलो राहतको खबर आएको छ । रुसको ‘आकाश आँखा’ भनिने ए-५० निगरानी विमान बेलारुसको एयरबेसमा ध्वस्त भएको छ । बेलारुसका विपक्षी नेताहरूले यो रुसी विमान देशको राजधानी मिन्स्कको एयरबेसमा ड्रोन आक्रमणमा ध्वस्त भएको दाबी गरेका छन्। रुसले युक्रेन युद्धको अवधिभर यो निगरानी विमानमार्फत गुप्तचर जानकारी सङ्कलन गर्दै आएको छ। ए-५० विमानको विनाश रूसी वायु सेनाको लागि ठूलो झटका हो। योसँगै बेलारुसले पनि युद्धमा हाम फालेको अड्कलबाजी गरिएको छ ।

एक पोलिश समाचार च्यानलका अनुसार बेलारुसका तानाशाह लुकाशेन्कोका विपक्षी BYPOL का अलेक्जेन्डर अजारोभले भने,  ‘ड्रोनबाट हमला गर्नेहरु  बेलारुसका थिए। उनीहरु अहिले सुरक्षित र देशबाहिर छन् । बेलारुसले एन्टी बाइपोल संगठनलाई आतंकवादी संगठनको रूपमा तोकेको छ।’ बेलारुसका विपक्षी नेता स्विटलानाका नजिकका सल्लाहकार फ्रान्क वायाकोर्काले विशेष अपरेशन सफलतापूर्वक सम्पन्न भएको बताए।

रूसी एयरबोर्न  विमान ए-५०

यो हमलामा विमानको अगाडि र बीचको भागमा धेरै क्षति पुगेको बताइएको छ । यसबाहेक विमानमा जडान गरिएको राडार एन्टेना पनि दुईवटा विस्फोटका कारण क्षति पुगेको छ । Beriev A-50 विमान एक रूसी एयरबोर्न अली निगरानी विमान हो जसले एक पटकमा 60 भन्दा बढी लक्ष्यहरू निगरानी गर्न सक्छ।

बेलारुसले युक्रेन युद्धमा प्रत्यक्ष भूमिका खेलेको छैन तर राष्ट्रपति लुकाशेन्कोले २४ फेब्रुअरी २०२२ मा रुसलाई आफ्नो भूमि युक्रेनी सेनामाथि आक्रमण गर्न प्रयोग गर्न दिएका थिए। उनले यो महिना रुसी सेनालाई फेरि यो अनुमति दिन सक्ने बताए ।  रुसले युक्रेनमाथि आक्रमण गर्न बेलारुसको विमानस्थल प्रयोग गरिरहेको आरोप लगाएको छ । रुस र बेलारुसका सेनाले संयुक्त सैन्य इकाई बनाएका छन् र विगत केही दिनमा व्यापक सैन्य अभ्यास गरेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com