टेक्सासमा नेपालीमाथि गोली प्रहार, गम्भिर घाइते भिम बहादुर नाथको सहयोगका लागि गोफण्डमी


प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार

टेक्सासको अष्टिनमा एकजना नेपालीमाथि गोली प्रहार भएको छ । ग्यास स्टेशनमा काम गरिरहेका बेला हतियारधारी लुटेराको समुहले ३२ बर्षका भिम बहादुर नाथमाथि गोली प्रहार भएको छ । मंगलबारको उक्त घटनामा घाइते नाथको उपचार भइरहेको छ ।

रुकुम पूर्व जिल्ला सिस्ने गाउँपालिका वडा नं ८ का नाथमाथि लाई साउथ अष्टिन ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा गोली प्रहार भएको हो । उनको अवस्था गम्भिर रहेको जनाइएको छ ।

अहिले उनको साउथ अष्टिन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । नाथको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोगको लागि गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ ।

१५ हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा अहिलेसम्म १४ सय डलर संकलन भइसकेको छ । तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

अमेरिकामा नेपालीमाथि गोली प्रहारका घटना उल्लेख्य हुने गरेका छन् । खासगरी ग्यास स्टेशन र ग्रोसरी स्टोरमा हुने आक्रमणमा कैयन नेपालीहरुको ज्यान जाने गरेको छ ।

गत जनवरीमा अमेरिकाको कोलोराडोमा आफ्नै स्टोरमा काम गर्दै आएका नेपाली भेषराज लामिछानेको बन्दुकधारीद्धारा गोली हानी हत्या भएको थियो । लामिछानेलाई हुईटरीज, कोलोराडोको कन्भिनियन्स स्टोरमा काम गरिरहेको अबस्थामा गोली हानी हत्या गरिएको थियो ।

नेपालमा तनहु जिल्ला घर भई सन् २०१४ मा डिभीमार्फत अमेरिका आएका लामिछाने चार छोराछोरी र श्रीमतीसहित कोलोराडोमा बस्दै आएका थिए। उनलाई गोलीहानी हत्या गरेपछि हत्यारा उनकै गाडी लिएर भागेको थियो ।

हत्याको अभियोगमा २६ वर्षीय अश्वेत व्यक्ति शावनाथन डिएन्जेलो चान्सलाई इन्डियानामा पक्राउ गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com