दलाललाई लाखौं बुझाएर हिडेर अमेरिका आउने नेपालीको कथामा चलचित्र ‘द बीस्ट’ बनाइने


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

वाईल्ड ईन्टर्टेन्मेन्ट र क्याराभान फिल्म प्रोडक्शन एन्ड फिल्म फेस्टिवलको संयुक्त निर्माणमा चलचित्र द बिस्ट निर्माण हुने भएको छ । अहिले चलचित्र छायांकनको तयारी भइरहेको निर्माणपक्षले जनाएको छ ।

दुईभागमा बनाइने चलचित्रमा सुन्दर भविश्यको खोजीका दलालहरुको चक्रब्युहमा पर्दै भारत, दुबई, कोलम्बिया, पनामा र मेक्सिको हुदै हिडेर अमेरिका छिर्न लाखौंको ॠणको भार बोक्नेहरुको कथा समेटिएको छ ।
चलचित्रको दोश्रो भागमा अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा भोग्ने समस्या, अमेरिका छिर्दाका कष्ट, अध्यागमन अड्चनको कथा समेटिनेछ ।

चलचित्रमा कलाकारहरुको चयनमा लागिरहेको निर्माणपक्षले जनाएको छ । चलचित्रमा मुख्यतया नेपाली कलाकारहरुको साथमा अमेरिकन, भारतीय, पाकिस्तानी, अफ्रिकन, अरेबिन र स्पेनीश कलाकारहरुको चयन क्रम अघि बढेको छ ।

चलचित्र हिन्दी, अरबिक, स्पानिस र अँग्रेजी भाषामा पनि डबिङ हुने जनाइएको छ । चलचित्रको छायाकंन आगामी जुलाईदेखि सुरु हुने जनाइएको छ । चलाित्र दिल श्रेष्ठ र सुर्य एन श्रेष्ठको संयुक्त निर्देशनमा निर्माण हुनेछ ।

चलचित्रको निर्मातामा सरिता श्रेष्ठ र दिनेश शाह रहेका छन भने सहनिर्मातामा बरुण अधिकारी रहेका छन । निर्देशनमा दिल श्रेष्ठ र सुर्य एन श्रेष्ठ रहेका छन । निर्देशक सुर्य एन श्रेष्ठ प्रवासबाट बनेको नेपाली चलचित्र लाईफ इन एलएका निर्देशक पनि हुन्।

अर्का निर्देशक दिल श्रेष्ठ अमेरिका निवासी व्यवसायी हुन् । ब्यवसायको साथमा हलिउडमा निर्देशन अध्ययन गरेका श्रेष्ठको निर्देशनमा द ट्रेजनले अवार्ड समेत जितेको थियो । २०५० सालदेखी नेपाली चलचित्र क्षेत्रमा लागेका श्रेष्ठ एनआरएनए अमेरिकाका पुर्व सहकोषाध्यक्ष हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com