आगलागीका रिपोर्टपछि अमेरिकामा २० लाख कोसोरी एयर फ्रायर फिर्ता, यसरी पाउनुहोस् क्षतिपूर्ति


प्रकाशित मिति : फाल्गुन ११, २०७९ बिहीबार

लोकप्रिय किचन एप्लायन्सेस ब्रान्ड कोसोरीले एयर फ्रायरमा आगो लाग्ने, जल्ने, पग्लने, धेरै तातो हुने र धुवा निस्कने गरेको २०५ रिपोर्ट प्राप्त गरेपछि २० लाख एयर फ्रायर फिर्ता लैजाने भएको छ । एयर फ्रायरका कारण मान्छेहरु जलको र सम्पत्तिको क्षति भएको विवरणपछि एयरफ्रायरहरु फिर्ता लगिने भएको हो ।

यूएस उपभोक्ता उत्पादन सुरक्षा आयोगले एयरफ्रायर बिहीबार फिर्ता बोलाउने घोषणा गरेको हो । उपभोक्ताहरूलाई तुरुन्तै तार जडित यी उत्पादनहरू प्रयोग गर्न बन्द गर्न आग्रह गरिएको छ । फ्रायरहरूमा आगो लाग्न सक्ने वा जल्न सक्ने तथा उपभोक्ताहरूलाई चोट लाग्नसक्ने चेतावनी दिइएको छ ।

कुन कुन मोडलका एयरफ्रायर फिर्ता गरिएको छ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

कोसोरी कम्पनीले पनि फिर्ता गरिएको एयर फ्रायरहरू आगलागी निम्त्याउनसक्ने जोखिममा रहेको गम्भीर अनुसन्धान पछि निर्धारण गरेको जनाएको छ । कम्पनीले अमेरिकामा अमेरिकामा विभिन्न मोडेल र आकारहरूमा लगभग २० लाख एयर फ्रायरहरू बेचेको छ । साथै क्यानाडा र मेक्सिकोमा थप २ लाख ७० हजार बेचेको छ ।

अमेजन, बेष्ट बाइ, होम डिपो, टार्गेट लगायतका खुद्रा बिक्रेताहरूमा जुन २०१८ देखि डिसेम्बर २०२२ सम्म ७० देखि १३० डलर सम्मको मूल्यमा ती एयरफ्रायरहरु बेचिएको थियो । प्रभावित उपभोक्ताहरूले वेवसाइटमा दर्ता गरेपछि प्रतिस्थापनमा अर्कै एयर फ्रायर वा उत्पादनको अन्य प्रकारको सामान पाउने जनाइएको छ ।

वेवसाइटमा दर्ता गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com