फ्लोरिडामा गोलीकाण्डको कभरेज गर्न गएका पत्रकारको गोली हानी हत्या, १९ बर्षको बन्दुधकारी पक्राउ


प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार

फ्लोरिडाको ओर्लान्डोमा आज विहान भएको गोलीकाण्डको कभरेज गर्न गएका पत्रकारको गोली हानी हत्या भएको छ । बुधबार विहान बुधबार फ्लोरिडामा भएको गोलीकाण्डको समाचार कभर गर्ने क्रममा स्पेक्ट्रम न्युज थर्टिनका पत्रकारको हत्या गरिएको हो । समाचार संकलनका लागि गएका अर्का पत्रकारको अवस्था पनि चिन्ताजनक रहेको छ ।

बुधबार बिहान करिब ११ बजेर १७ मिनेटमा हियालेह स्ट्रिटको ६१०० ब्लकमा गाडीभित्र एक महिलालाई गोली लागेर उनको मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । सोही घटनाको समाचार संकलनका लागि स्पेक्ट्रम न्युज थर्टिनका सम्बाददाता र फोटोग्राफर घटनास्थलमा पुगेका थिए ।

घटनाबारे जानकारी दिदै प्रहरी ।

घटनास्थलमा अन्य पत्रकारहरु पनि थिए । तर बन्दुधकारी दिउसो ४ बजेर ५ मिनेटमा न्यूज १३ को गाडी भएको स्थानमा गएर पत्रकारमाथि गोली चलाएको थियो। दुबै घाइते पत्रकारहरुलाई अस्पताल पुर्‍याइएकामा एकजनालाई मृत घोषित गरिएको थियो ।

पत्रकारहरुमाथि गोली चलाएपछि बन्दुकधारी नजिकैको ह्यारिङ्टन स्ट्रिटमा रहेको एउटा घरमा गएर एक महिला र उनकी ९ वर्षीया छोरीलाई गोली हानेको थियो । ९ बर्षीय बालिकाको मृत्यु भइसकेको छ । त्यसको केहीबेरमा १९ बर्षको बन्दुकधारी किथ मेलविन मोसेसलाई प्रहरीले पक्राउ गरेको छ । साथमा घटनामा प्रयोग भएको विश्वास गरिएको एक ह्यान्डगन पनि बरामद गरिएको छ ।

बन्दुकधारीले पत्रकारहरुका साथै घरभित्र रहेकी बालिका र उनकी आमालाई किन निशाना बनायो भन्ने स्पष्ट छैन । यद्यपी विहान गाडीमा मृत फेला परेकी महिला र बन्दुकधारी भने एकअर्कासँग परिचित रहेको जनाइएको छ । बन्दुकधारीमाथि विहान एक महिलाको हत्या गरेको अभियोग लगाइएको छ भने अरु चारजनामाथि गोली हानेको अभियोग लगाउने तयारी गरिएको छ । घटनामा कुल ३ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

कभर तस्वीर संदीग्ध बन्दुकधारीको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com