‘हामीले अमेरिकामा १५ सय कमाउँदा रवि लामिछानेले १५ हजार कमाउनुहुन्थ्यो’: गायक भगवान भण्डारी


प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार

अमेरिका निवासी नेपाली गायक भगवान भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अमेरिकामा दुख पाएर नेपाल गएको भन्दै गरिने टिकाटिप्पणीहरु गलत रहेको बताउनुभएको छ । बिमलेश अधिकारीसँगको युट्युब शो द बोल्ड टक वीथ बिमको पाँचौं श्रृंखलामा बोल्दै भगवान भण्डारीले कसैको बारेमा नुबझीकनै टिका टिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभयो ।

अमेरिकामा आफूले रवि लामिछानेसँग राम्रो संगत गर्ने मौका पाएको र लामिछानेले धेरैलाई सहयोग गरेको स्मरण गर्दै भण्डारीले भन्नुभयो – ‘उहाँले अमेरिकामा पनि मज्जाले पैसा कमाउनुभएको थियो । राम्रोसँग बस्नुभएको थियो । हामीले दश पन्ध्रसय डलर कमाउने बेलामा उहाँले दश पन्ध्र हजार डलर कमाउनुहुन्थ्यो । उहाँले अमेरिकामा केही गर्न नसकेर र दुख पाएर नेपाल गएको भन्ने टिका टिप्पणी गलत हो ।’

कार्यक्रममा भगवान भण्डारीले आफ्नो लोकगीतको यात्रा, अहिलेको गीत संगीतको अवस्था, प्रविधिले पारेको प्रभाव लगायतका विभिन्न विषयमा कुरा गर्नुभएको थियो । अहिले प्रविधिले सबैलाई सेलिब्रेटी बन्न सजिलो बनाएको उल्लेख गर्दै उहाँले गाउँमा रातभर दोहोरी गाएर बस्ने प्रचलन हराउदै गएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लोक गीतमा छाडा शब्द प्रयोग हुनु बिकृति भएको उल्लेख गर्दै उहाँल लाइभ दोहोरी गाउँदा कहिलेकाही सोच्नै नसकेर रमाइलोका लागि छाडाशब्दहरु गरेतापनि त्यसलाई सम्पादन गर्दा हटाउन आग्रह गर्नुभयो । धेरै भ्युज बनाउन र भाइरल हुन जानी जानी छाडा हुने विकृति बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो – ‘म हात जोडेर बिन्ती गर्छु जसरी दर्शकहरुले मन पराउनुभएको थियो, माया गर्नुभएको थियो, भोलि त्यसरी नै घृणा गर्ने बातावरण नबनाउनुहोला । छाडा गीतहरु नगाउनुहोला ।’

भण्डारीले अमेरिकामा आउँदा सुरुका कठिन दिनहरुको पनि स्मरण गर्नुभयो । अमेरिकामा दिनभर काम गरेर कार्यक्रममा जान नपाएको घटना सम्झदै उहाँले कामका कारण कार्यक्रममा जान नपाउँदा रातभर रोएको स्मरण गर्नुभयो । आफूलाई त्यतीबेला सामान्य अवस्थामा आउन धेरै समय लागेको र नेपालमा आफ्नो लोकप्रियता सम्झेर सुरुका दिनमा अमेरिकामा सम्हालिन गाह्रो भएको स्मरण गर्नुभयो ।

हाल अमेरिकामा रहनुभएका गायक भगवान भण्डारीले श्रोताका लागि दर्जनौं हिट गीत दिनुभएको छ । उहाँको स्वरमा समावेश ‘खैरेनीमा गेट, बनमा काँडा छ, डाली लर्कायो, भूलमा भमरा’ लगायतका गीतले दर्शकको मन जितेका छन् । अमेरिकामा बसेपनि पछिल्लो समय भण्डारीका आफ्नै स्वरमा गीत बजारमा आइरहेका छन् ।

बिमलेश अधिकारीको युट्युब शो द बोल्ड टक वीथ बिमको पाँचौं भाग मंगलबार रिलिज गरिएको छ । कार्यक्रम संचालक बिमलेश अधिकारी पनि नेपालका चर्चित कलाकार हुनुहुन्छ । उहाँले झण्डै साढे २ सय म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com