न्युजर्सीमा श्रीमती र टीनएजर छोराछोरीलाई गोली हानेपछि आफैमाथि गोली प्रहार, चारैजनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

Crime Scene Do Not Cross Signage

न्युजर्सीमा एक व्यक्तिले श्रीमती र बालक छोराछोरीलाई गोली हानेपछि आफैमाथि गोली प्रहार गरेका छन् । घटनामा चारैजनाको मृत्यु भएको छ । आइतबार प्रहरीले लिन्डेन स्थीत घरमा उनीहरुलाई गोली लागेको अवस्थामा फेला पारेको थियो ।

तीनजना घटनास्थलमा नै मृत फेला परेका थिए भने एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । लिन्डेन प्रहरी विभागका अधिकारीहरूले आइतवार बिहान साढे ९ बजे उनीहरुलाई मृत फेला पारेको जनाइएको छ ।

त्यहाँ पुग्दा प्रहरीले ४१ वर्षीय क्रजिस्टोफ निरोडा, उनकी पत्नी ४१ वर्षीया जस्टिना निरोडा र १३ वर्षीया छोरी नताली निरोडालाई मृत अवस्थामा फेला पारेका थिए । उनीहरूका छोरा १४ बर्षका सेबास्टियन निरोडा गम्भीर अवस्थामा जीवित फेला परेका थिए ।

छोरा सेबास्टियन निरोडालाई नेवार्कको युनिभर्सिटी अस्पतालमा लगिएको थियो, जहाँ उनको चोटका कारण आइतबार दिउँसो उनको मृत्यु भएको हो ।

एक अनुसन्धानले आइतवार बिहान सबेरै क्रजिस्टोफले आफ्नी श्रीमती जस्टिना, उनका छोरा सेबास्टियन र छोरी नतालीलाई गोली हानेर हत्या गरेको खुलासा भएको अधिकारीहरुले बताएका छन् ।

त्यसपछि क्रिजस्टोफले परिवारका एक सदस्यलाई फोन गरेर आफ्नी श्रीमती र छोराछोरीलाई गोली हानेर हत्या गरेको स्वीकार गरेको अनुसन्धानकर्ताहरूले बताएका छन । त्यसको केही समयपछि उनले आफ्नै टाउकोमा गोली हानेका थिए । त्यसपछि उनको मृत्यु भयो । प्रहरी घटनास्थलमा आइपुग्दा उनको हातमा हतियार रहेको थियो।

क्रिजस्टोफ त्यहाँको लिन्डेन हाई स्कूलको स्नातक हथिए । साथै उनी एक इलेक्ट्रीशियन थिए । उनको फेसबुक प्रोफाइल अनुसार उनकी पत्नी जस्टिना हेयरड्रेसरको रूपमा काम गर्थिन्।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com