टर्कीमा आज गएको भूकम्पमा पनि सयौं घाइते, केहीको मृत्यु


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

टर्कीमा आज गएको भूकम्पमा पनि सयौं घाइते भएका छन् भने केहीको मृत्यु भएको छ । अहिलेसम्म कम्तीमा ३ जनाको मृत्यु भएको जनाइएको छ भने थप विवरणहरु आउने क्रममा रहेको छ ।

टर्की र उत्तरपश्चिमी सिरियामा ४७,००० भन्दा बढी मानिसको ज्यान लिएको र १ लाख भवन भत्काएको फेब्रुअरी ६ को भूकम्पबाट सबैभन्दा बढी विनाश भएको क्षेत्र हते प्रान्तको एउटा सहर नजिकै आज ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार साँझ दक्षिणी टर्की र उत्तरपश्चिम सिरियालाई हल्लाएपछि उक्त क्षेत्रमा त्रास फैलिएको छ ।

टर्कीको हाते प्रान्तको उजुनबाग सहर नजिकै साँझ ५ बजेपछि ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । सोही प्रान्तमा फेब्रुअरी ६ मा बिहानै आएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र त्यसको केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली परकम्पमा व्यापक क्षति पुगेको थियो। त्यो यता २६ वटा पराकम्प गइसकेका छन् ।

सोमबारको कम्पले भूकम्प क्षेत्रभर आतंक फैलाएको छ, जहाँ पहिलेको प्रकोपबाट आहत भएका धेरै मानिसहरू पालमा बसिरहेका छन् र आफ्नो कारहरूमा सुतिरहेका छन् । किनभने तिनीहरू कुनै पनि भवन भित्र जान डराउँछन्।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com