६३ हजार डलरमा बिक्रि भयो पूरानो मोडलको आईफोन


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

पहिलो पुस्ताको आईफोन ६३,३५६ डलरमा लिलामीमा बिक्रि भएको छ । जुन यसको मूल मूल्यभन्दा १०० गुणा बढी हो । अझै पनि यसको बक्समा नै रहेको सन् २००७ को आइफोन लिलामीमा बेचिएको थियो ।

५० हजार डलरमा बिक्रि हुने अपेक्षा गरिएकोमा त्योभन्दा १३ हजार डलरभन्दा बढी मूल्य पाएको छ । २,५०० डलरबाट बिडिङ सुरु भएको थियो र २७ बिडिङपछि आइतबार फोन बिक्री भयो।

फोनको मूल मालिक करेन ग्रीनले सन् २०१९ यसको मूल्याङ्कन गरेका थिइन् । किनभने यो ४ जीबीको नभई ८ जीबीको थियो । फोन मूल बक्समा थियो भने यसको मूल्य ५ हजार हुने अनुमान गरिएको थियो।

ग्रीनले नयाँ काममा आएपछि आफ्ना साथीहरूबाट उपहारस्वरूप २००७ मा यो आइफोन प्राप्त गरेकी थिइन्। तर उनीसँग पहिले नै नयाँ फोन भएकाले यसलाई नखोलिकनै राखिन् । आईफोन भएकाले यो कहिल्यै पुरानो नहुने उनको सोंच थियो । उनका साथीहरूले सम्भवतः फोन ४९९ डलरदेखि ५९९ डलरको बीचमा किनेका थिए।

स्टिभ जब्सले पहिलो आईफोन जनवरी ९, २००७ मा सान फ्रान्सिस्कोमा भएको ट्रेड शो म्याकवर्ल्डमा प्रस्तुत गरेका थिए। यो करिब पाँच महिना पछि किन्नको लागि उपलब्ध भयो। विशेषताहले यसलाई तत्काल हिट बनायो।

पहिलो जेनेरेशनका आइफोनहरु पहिले पनि लिलामी भइसकेका छन्। एउटा अगस्टमा ३५,४१४ डलरमा र अर्को अक्टोबरमा ३९,३३९ डलरमा बिक्री भएको थियो । गतबर्ष गत वर्ष सन् १९७० को प्रारम्भिक एप्पल कम्प्युटर प्रोटोटाइप ६ लाख ७७ हजार डलर भन्दा बढीमा बेचिएको थियो ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com