अमेरिकामा स्टारबक्सको ३ लाख बोतल पेय पदार्थमा कांचको आशंका, स्टोरबाट हटाइदै


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

Coffee on a Glass Cup

अमेरिकी खाद्य र पेय पदार्थ नियामकहरूले लाखौं स्टारबक्स भेनिला फ्रापाचिनोहरूलाई फिर्ता गराएका छन् । जब तिनीहरूको वितरकले पेयहरूमा कांच हुन सक्ने चेतावनी दिए।

यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले १३ दशमलव ७ आउन्सका बोतलहरू भित्र सिसा फेला परेपछि उक्त पेयका २५ हजार २ सय केसहरु फिर्ता गराएका हुन् । हरेक केसमा १२ बोतलहरु हुने गर्छन्, जस अनुशार ३ लाख भन्दा धेरै बोतलहरु फिर्ता गरिएको छ । ती पेय पदार्थहरू २८ जनवरीदेखि फिर्ता गर्न सुरु गरिएको हो ।

Starbucks sign

प्रभावित बोतलहरूको म्याद समाप्त हुने मितिहरू २०२३का ८ मार्च, २९ मे, ४ जुन र १० जुन रहेका छन् । स्टारबक्सका भेनिला फ्रापाचिनोहरु स्टारबक्स स्टोरहरूमा बेचिँदैन। तर ग्राहकहरूले तिनीहरूलाई वालमार्ट, अमेजन र टार्गेट सहित देशभरका धेरै खुद्रा पसलहरुमा फेला पार्न सक्छन्।

अहिले बजारबाट यी उत्पादनहरू हटाउने काम चलिरहेको जनाइएको छ । यो गत यता स्टारबक्स उत्पादन फिर्ता गरिएको यो दोस्रो पटक हो । अगस्टमा उत्पादनहरूमा धातुका टुक्राहरू फेला परेपछि सात राज्यहरूबाट भेनिला एस्प्रेसो ट्रिपल शट ड्रिंकका २२१ केसहरू फिर्ता गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com