४६ हजारको ज्यान लिएको भूकम्पको २ सातापछि टर्कीमा ६ .३ म्याग्निच्युडको शक्तिशाली भूकम्प


प्रकाशित मिति : फाल्गुन ८, २०७९ सोमबार

अर्को भूकम्पले दक्षिणी टर्कीमा प्रहार गर्दा आतंक मच्चाएको छ । टर्की र उत्तरपश्चिमी सिरियामा ४६,००० भन्दा बढी मानिसको ज्यान लिएको फेब्रुअरी ६ को भूकम्पबाट सबैभन्दा बढी विनाश भएको क्षेत्र हते प्रान्तको एउटा सहर नजिकै ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।

एक शक्तिशाली नयाँ भूकम्पले सोमबार साँझ दक्षिणी टर्की र उत्तरपश्चिम सिरियालाई हल्लाएको हो । १ लाख भवनको विनाश र ४६ हजारभन्दा धेरैको् ज्यान लिएको भूकम्पको ​​दुई हप्ता पछि आएको यो ए शक्तिशाली भूकम्पले त्रास फैलिएको छ ।

SYRIA-TURKEY-QUAKE

टर्कीको हाते प्रान्तको उजुनबाग सहर नजिकै साँझ ५ बजेपछि ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो । सोही प्रान्तमा फेब्रुअरी ६ मा बिहानै आएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र त्यसको केही घण्टापछि ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली परकम्पमा व्यापक क्षति पुगेको थियो।

सोमबारको कम्पले भूकम्प क्षेत्रभर आतंक फैलाएको छ, जहाँ पहिलेको प्रकोपबाट आहत भएका धेरै मानिसहरू पालमा बसिरहेका छन् र आफ्नो कारहरूमा सुतिरहेका छन् । किनभने तिनीहरू कुनै पनि भवन भित्र जान डराउँछन्।

नयाँ भूकम्पले पहिल्यै प्रभावित क्षेत्रमा कुनै संरचना भत्किएको छ वा छैन भन्ने स्पष्ट भएको छैन । साथै कसैको ज्यान गएको छ छैन भनेर तत्काल स्पष्ट हुन सकेको छैन।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com