न्युयोर्कमा मनाइयो ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस


प्रकाशित मिति : फाल्गुन ७, २०७९ आईतबार

नेपालको ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज नेपाली महावाणिज्यदूतावास न्युयोर्कले नियोगभित्र कार्यक्रम गरी मनाएको छ । कार्यवाहक महावाणिजयदूत विष्णुप्रसाद गौतमबाट नेपालको राष्ट्रिय झण्डा फहराउदै कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रममा दीप प्रज्वलन र नेपाली राष्ट्रिय गान बजाउनुका साथै प्रजातन्त्र प्राप्तीका निम्ति जीवन उत्सर्ग गर्ने शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरियो । प्रजातन्त्र दिवसको अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट दिइएको शुभकामना सन्देश पनि पढेर सुनाइयो ।

शुभकामना व्यक्त गर्दै कार्यवाहक महावाणिजयदूत विष्णुप्रसाद गौतम

कार्यवाहक महावाणिज्यदूत गौतमले नियोगको कार्यक्षेत्र र देश विदेशमा रहने सबै नेपालीमा प्रजातन्त्र दिवसको शुभकामना दिदै महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा न्युयोर्क र न्युजर्सीका नेपाली समुदायका प्रतिनिधिहरुको सहभागिता थियो । उनीहरुले कार्यक्रममा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरे ।

शुभकामना व्यक्त गर्दै पर्यटनदूत केशवराम राई ।

वाणिज्यदूत गणेशप्रसाद अधिकारीबाट संचालन गरिएको कार्यक्रममा उपवाणिज्यदूत संगिता न्यौपानेबाट धन्यवाद ज्ञापन गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com