ट्वीटरमा जस्तै फेसबुक र इन्स्टाग्राममा पनि निलो टिकमार्क किन्न सकिने, शुल्क मासिक १५ डलरसम्म


प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार

person holding silver iphone 6

फेसबुकको अभिभावक कम्पनी मेटाले मेटा भेरिफाइड नामक सब्सक्रिप्शन सेवा सुरू गरेको छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो इन्स्टाग्राम र फेसबुक खाताहरूमा प्रति महिना १५ डलरसम्म तिरेर निलो चेक मार्क थप्न अनुमति दिनेछ । प्रमुख कार्यकारी मार्क जुकरबर्गले आम्दानीको नयाँ श्रोतको आइतबार घोषणा गरेका हुन् ।

सब्सक्रिप्शन सेवा पहिलो पटक न्यूजील्याण्ड र अष्ट्रेलियामा यस हप्ता सुरु हुँदैछ । जस अनुशार वेबसाइटबाट प्रति महिना १२ डलर वा एप्पल एप्लीकेशनबाट प्रतिमहिना १५ डलर तिरेर निलो चेकमार्फत प्राप्त गर्न सकिनेछ । कम्पनीले आफ्नो एन्ड्रोइड एपमार्फत खरीदको लागि सेवा उपलब्ध गराउने योजना कहिलेदेखि सुरु गर्ने भन्नेबारे केही बताएको छैन।

मेटाले प्रयोगकर्ताहरूलाई उनीहरूको सरकारले जारी गरेको आईडी कार्डहरू प्रयोग गरेर पहिचान प्रमाणित गर्न अनुमति दिनेछ। कम्पनीका अनुशार सदस्यता सेवा लिनेहरुको एकाउन्टले बढीले देख्नेछन् भने नक्कली एकाउन्टहरुविरुद्ध सुधारिएको सुरक्षा प्रदान गरिनेछ । साथै ग्राहक सेवामा पनि प्रत्यक्ष पहुँच प्रदान गर्दछ।

मेटा भेरिफाइड फेसबुकका सेवाहरूमा प्रमाणिकता र सुरक्षा बढाउने बारे भएको जुकरबर्गले फेसबुक पोस्टमा बताएका छन् । सदस्यता सेवा छिट्टै थप देशहरूमा विस्तार गरिने जनाइएको छ । तर कहिलेसम्म भन्नेबारे कुनै समयतालिका सार्वजनिक गरिएको छैन ।

फेसबुकले आफ्नो स्थापना भएको डेढ दशक भन्दा बढी अवधिमा आफ्ना धेरैजसो सेवाहरूको लागि आफ्ना ग्राहकहरूलाई शुल्क लिएको थिएन । तर हालैका वर्षहरूमा एप्पलले कडा गोपनीयता परिवर्तनहरू ल्याउने निर्णय गरेपछि सामाजिक सञ्जालहरुले नीति परिवर्तन गरिरहेका छन् । एप्पलको कदमले फेसबुकलाई गत वर्ष राजस्वमा १० बिलियन डलर भन्दा बढी घाटा भएको थियो ।

सामाजिक प्लेटफर्म स्न्यापले गत वर्ष आफ्नै सदस्यता सेवा सुरु गरेको थियो । जसको माध्यमबाट यसले पहिले नै एक मिलियन भन्दा बढी प्रयोगकर्ताहरूलाई सशुल्क ग्राहकहरूमा रूपान्तरण गरिसकेको छ । त्यस्तै एलन मस्कले ट्विटरको सदस्यता सेवा ट्विटर ब्लू सहित निलो चेकमार्क र थप सुविधाहरू प्रदान गरेका छन् । जनवरीको मध्यसम्ममा, करिब १ लाख ८० हजारले ट्विटर ब्लूको लागि साइन अप गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com