मेक्सिकोबाट अमेरिका आएका १० जनाले यसरी गुमाए ट्रकभित्रै ज्यान


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

जब मानव तस्करले मेक्सिकोमा ट्रकभित्र आप्रवासीहरुलाई कोचेर ट्रकको डिब्बा बन्द गरे, त्यतीबेला ट्रकभित्र घोर अन्धकार थियो । त्यहाँ न कुनै खानेकुरा थियो न त पानी नै । ट्रकभित्र कागजपत्रविहिनहरुको एउटा समुहलाई प्याक गरिएको थियो । त्यसपछि एकपछि अर्को समुह थप्दै थप्दै गए, मानवतस्करहरुले । कुनै बिन्दुमा आइपुग्दा त्यहाँ २ सय जनासम्म पुगे ।

त्यसपछि एकजना मानवतस्करले ढोका खोलेर आप्रवासीहरुलाई अब आफूहरु हिड्न लागेको बताए । त्यतीबेलासम्म ट्रकभित्र रहेकाहरु गर्मीले उकुसमुकुस भइसकेका थिए । दलालले ट्रकमा चिसो बनाउने सिस्टम रहेको भन्दै दलालले भित्र रहेकाहरुलाई ढुक्क हुन भनेका थिए । ट्रक राजमार्गमा कुदिरहदा दलाललाई हजारौं डलर बुझाएर आएकामध्ये केही श्वास फेर्न नसकेर आत्तिन थाले । कोही ढल्न थाले । बिस्तारै ढलेकाहरुले ज्यान गुमाउदै गए ।

ट्रकभित्रको अन्धकारमा दर्दनाक अवस्था भोगिरहेका केहीले ट्रकमा ढक्ढकाएका पनि थिए । तर ड्राइभरले कुनै वास्ता गरेनन् । ट्रक कुदिरह्यो । ट्रकमा रहेका चारवटा हावा आवतजावत गर्ने प्वालहरु पनि थुनिएका थिए । एउटा प्वालबाट भित्र रहेकाहरुले पालैपालो श्वास फेर्न प्रयास गरेका थिए । अन्तत आइतबार विहान ड्राइभरले सान अन्टोनियोमा रहेको वालमार्टको पार्क क्षेत्रमा ट्रक रोके । ट्रकको ढोका खोलियो । ढोका खोल्दा भित्र रहेकाहरु पार्क क्षेत्रमा घोप्टियो ।

यस्तो भयानक दृश्य देखियो कि शरिरमाथि शरिरको खात लाग्यो । कैयन बेहोस थिए भने ८ जनाको ज्यान गइसकेको थियो । ट्रकमा भएका एकजना लड्खडाउदै वालमार्टभित्र पुगेर पानी मागे । वालमार्टका कर्मचारीले पानी दिए, त्यसपछि प्रहरीलाई खबर गरे । त्यसलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । अनि यो नै बन्यो अमेरिकाको सम्भवत अहिलेसम्मकै एउटा भयानक मानव तस्करीको खण्ड ।

यसरी ट्रकमा खाँदेर मेक्सिकोको सिमाक्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका छिराइएका आप्रवासीहरुमध्ये १० जनाको ट्रकभित्रै मृत्यु भएपछि ड्राइभरबिरुद्ध मानवतस्करीको अभियोगमा मुद्दा चलाइएको छ । ६० बर्षका ड्राइभर जेम्स म्याथ्युलाई मृत्युदण्डको समय सजाय हुनसक्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com