न्युयोर्क सिटी भित्रका विद्यालयहरुमा दिपावलीमा विदा दिने प्रस्ताव पारित


प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार

lit candles

न्युयोर्क सिटीले दिपावलीमा विद्यार्थीहरूलाई उनीहरूको परिवारसँगै चाड मनाउनको लागि शहरका विद्यालयहरुमा बिदाको घोषणा प्रस्ताव पारित गरेको छ । काउन्सिलवुमन लिन्डा लीले दिपावलीमा विद्यार्थीहरूको लागि विद्यालय विदालाई समर्थन गर्ने प्रस्ताव पारित भएको बताएकी छिन् ।

लिन्डा लीले ऐतिहासिक प्रस्ताव पारित भएको बताएकी छिन् । जसमा न्युयोर्क शहरका विद्यालयहरुलाई दिपावलीमा स्कूल बिदा घोषणा गर्न आह्वान गरिएको छ। लीले एउटा भिडियो शेयर गर्दै न्युयोर्क सिटीको एजुकेशन डिपाटएमेन्टलाई न्युयोर्कका विद्यार्थीहरूको लागि दीपावलीलाई आधिकारिक बिदाको रूपमा मान्यता दिन आग्रह गरेकी छन् ।

इन्डा लीले प्रस्तावलाई समर्थन गर्ने आफ्ना सहकर्मीहरूलाई कृतज्ञता व्यक्त गरेकी छिन् । न्युयोर्क राज्य संसदकी सदस्य जेनिफर राजकुमारले दिपावलीलाई विद्यालउ विदा बनाउन न्युयोर्क सिटीबाट पारित प्रस्ताव राज्य संसदमा रहेको दिवाली बिल ए ६२८ को को समर्थनमा रहेको बताइन् । दिवाली वा दिपावली हिन्दु, जैन, शिख र बुद्ध धर्मालम्बीहरुले मनाउने गर्छन् ।

तर न्युयोर्क सिटीमा दिपावलीमा विद्यालयमा विदा दिनका लागि सिटीले राज्यका कानुन र नियमहरू पालना गर्नुपर्छ । किनभने राज्यको कानुन अनुशार बर्षम कति दिन विद्यालयमा बालबालिकाहरू विद्यालयमा हुनुपर्छ भन्ने मापदण्ड तय गरिएको छ ।

उक्त मापदण्ड अनुशार न्युयोर्क सिटीसँग विदाका लागि कुनै दिन पनि बाँकी रहेका छैनन् । न्युयोर्क सिटीले ब्रुकलिन क्वीन्स डेको साटो उक्त दिनलाई हटाएर दिवाली मनाउने दिशामा अगाडि बढिरहेको छ । यसबारे समुदायका नेताहरूसँग छलफल गरेको न्युयोर्कका मेयर एरिक आडम्सले बताएका छन् ।

त्यसका लागि राज्यमार्फत संकल्प आउनुपर्नेछ । दिपावलीमा विद्यालयमा विदा दिनका लागि पहिलो स्टप राज्यमा रहेको उल्लेख गर्दै मेयर आडम्सले आफूहरु दीपावली बिदाको नजिक भएको विश्वास गरेको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com